धनुषा: धनुषा प्रहरीले जनकपुर- १७ बाट हथियार सहित एक युवकलाई पक्राउ गरेको छ ।
आइतवार दिउसोको समयमा विशेष सूचनाको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी अघिकृत सहितको टोलीले जिल्ला महोत्तरी लोहारपट्टी न.पा. वडा नं. ८ भम्रपुरा बस्ने सदिक कवारीको छोरा वर्ष २० को डि.के. भन्ने अजिजुल राईनलाई गोलीसहित पक्राउ गरेको छ । धनुषा प्रहरीले आज एक विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो ।