सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसको सभापतिमा क कस्को दाबी ?

काभ्रे कांग्रेसको सभापतिमा क कस्को दाबी ?

8650
Shares
काभ्रे कांग्रेसको सभापतिमा क कस्को दाबी ?

काभ्रे कांग्रेस पनि अधिवेशनमा होमिएको छ । साउन १२ गतेबाट कांग्रेसले १४ औं महाधिवेशनको प्रकिया सुरू गर्दैछ । अर्थात् १२ गते वडा अधिवेशनको समय निर्धारण गरिएको छ । काभ्रेमा वडा अधिवेशन एकदुई दिन पछि सर्न सक्ने बताईएको छ ।

काभ्रे कांग्रेस वडामा पनि दुई प्यानलमै चुनावी प्रतिस्पर्धामा होमिने लगभग निश्चित छ । काभ्रेमा केन्द्रिय सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल गुट निकै सक्रिय छ । यद्यपि प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विजय कुमार गच्छदार गुट पनि झांगिदो छ ।

निर्धारीत समय अनुसार साउन २६ गते काभ्रे कांग्रेसको अधिवेशन हुन्छ । जिल्ला अधिवेशनले सभापति सहित दुई जना उपसभापति, दुई जना सचिव र दुई जना सहसचिव निर्वाचन गर्नेछ ।

काभ्रे कांग्रेसको जिल्ला सभापतिको दौडमा आधा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । पौडेल समुहबाट निर्वाचित वर्तमान जिल्ला सभापति मधु आचार्य नै सबैभन्दा बलियो उम्मेदवार मानिएका छन् । उनी सभापतिको कार्यकाल दोहोर्‍याउन चाहन्छन् ।

तर आर्चायलाई पौडेल समूहकै वर्तमान कार्यसमितिका उपसभापति अच्युतप्रसाद पौडेल बाधक बन्ने निश्चित छ । पौडेल यो पटक जुनकुनै अवस्थामा पनि जिल्ला सभापतिमा निर्वाचित हुने ध्याउन्नमा छन् । उनले अघिल्लो पटक आर्चायलाई सघाएका थिए ।

पौडेल समुहबाट पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको नाम पनि चर्चामा छ । यद्यपि उनले सभापतिको कार्ड अहिले नै नफाल्ने निश्चित छ । आगामी स्थानीय तह, प्रदेश र संघको निर्वाचनलाई समेत हिसाब किताब राखेर खरेलले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने उनी निकटस्थहरू बताउँछन् ।

सभापतिको तीब्र दौडमा वर्तमान जिल्ला सचिव दिनेश लामा र प्रदेश ख का सभापति रमेश हुमागाईं पनि छन् । यो पटक उनीहरू दुबै जना सिटौला समूहबाट उम्मेदवार दिने तयारीमा रहेको स्रोतको दाबी छ । यद्यपि हुमागाईं र लामा देउवा निटक मानिन्छ । देउवा प्यानलबाट टिकट नपाएको खण्डमा मात्रै सिटौला समूहबाट प्रतिनिधित्व हुनेछ ।

जिल्ला सभापतिका अर्को दाबेदार हुन् क्षेत्रीय सभापति तीर्थ लामा र महाधिवेशन प्रतिनिधि कुमार लामिछाने । उनीहरू दुबै देउवा समूहका हुन् । तीर्थ लामा संविधान सभा सदस्य पनि हुन् । २०७४ सालमा भएको प्रतिनिधी सभा निर्वाचनको मुख्य प्रतिद्वन्द्वी पनि लामा नै ।

यी दुबै मध्ये केन्द्रीय सदस्य एवं पूर्व सभापति शिव हुमागाईंको रोजाईमा पर्नेले देउवा प्यानलबाट सभापतिको उम्मेदवार बन्ने पक्का छ । तीर्थ लामालाई जिल्ला सभापति बनाएर हुमागाईं अर्को पकट निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार बन्ने चर्चा पनि कांग्रेस बृत्तमा छ । तीर्थ लामा सभापतिको उम्मेदवार हुँदा वर्तमान सचिव दिनेश लामाको समूहले पनि खुलेरै समर्थन गर्ने हुमागाईं पक्षको दाबी छ ।

कांग्रेस काभ्रेको जिल्ला सभापतिका अर्का आकांक्षी हुन् क्षेत्रीय सभापति कञ्चनचन्द्र बादे । बादे प्रकाशमान सिंह समूहका हुन् । उनी पूर्व राज्यमन्त्री पनि हुन् । बादेले सभापतिमा उम्मेदवार दिए, तीर्थ पसखलले उम्मेदवार नदिने आँकलन गरिएको छ ।

8650
Shares

ट्रेन्डिङ