सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्री भजन गाउन मस्त : गगन थापा

प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्री भजन गाउन मस्त : गगन थापा

5635
Shares
प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्री भजन गाउन मस्त : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त रहेको तर, कोरोना फैलिएको तर्फ ध्यान नदिएको आरोप लगाएका छन्। त्यस्तै उनले स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त भएको पनि आरोप लगाए।

उनले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त! भुसको आगो झै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।

बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ। सरकार अब अति भो!’ केही दिन यता कोरोना संक्रमणको दर पनि ह्वात्तै बढेको छ। यता इनफ इज इनफले पनि आजदेखि पुन सरकारको ध्यानाकर्षण गराउन सडकमा आउने जानकारी दिएको छ।

5635
Shares

ट्रेन्डिङ