सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • गोदावरीको काठे पुलबाट खसेर शिक्षकको ज्यान गयो

गोदावरीको काठे पुलबाट खसेर शिक्षकको ज्यान गयो

3645
Shares
गोदावरीको काठे पुलबाट खसेर शिक्षकको ज्यान गयो

 

धनगढी : कैलालीको गोदावरीस्थित काठे पुलबाट खसेर एक जना शिक्षकको ज्या न गएको छ।

भीमदत्त राजमार्ग अन्तर्गत तराइ र पहाड जोड्ने गोदावरी नदीमाथि बनेको काठे पुलबाट खसेर अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको सोमबार बेलुकी ज्या न गएको हो।

भाट मंगलसेन सदरमुकामस्थित शोडषा माविका शिक्षक हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जीर्ण काठे पुलबाट खसेर सोमबार बेलुकी करिब पौने ६ बजे भाटको मृ त्यु भएको जानकारी दिए।

पुलमा फोटो खिच्नेक्रममा खसेर घा इ ते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृ त्यु भएको जोशीले बताए। जोशीले भाट फोटो खिच्नेक्रममा लडेको प्रत्यक्षदर्सिले देखेपछि प्र ह रीलाई खबर गरेको जानकारी दिए।

‘उनी कोहोलपुरबाट आजै फर्किएको र गोदावरीको एक होटलमा बसेर मदिरा सेवन गरेको सुन्नमा आएको छ’ जोशीले भने, ‘कोहलपुरबाट आउँदै मदिरा सेवन गरेको र गोदावरीमा पनि मदिरा सेवन गरेको सुनेपछि होटलको साहुनीसँग बुझ्ने काम भइरहेको छ।’

काठे पुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। पछिल्लोसमय टिकटक बनाउनेहरूका कारण उक्त पुल निकै भाइरल छ।

टिकटक बनाउन पुलमा जाने मानिसको संख्या अत्यधिक बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा जान बन्द गर्ने विषयमा पनि कुरा उठेको जोशीले बताए।

 

 

3645
Shares

ट्रेन्डिङ