पछिल्लाे २४ घण्टामा काेराेना स ङ्क्र मणबाट १५ जनाकाे ज्यान गएकाे छ । याेसहित काे राे ना बाट ज्या न गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ८७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै थप आठ हजार १७ जनामा स ङ्क्र मण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाकाे नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा स ङ्क्र मण पुष्टि भएकाे हाे ।
२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निकाे भएसँगै स ङ्क्र मण मु क्त हुनेकाे सङ्ख्या आठ लाख ३७ हजार चार पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा आजसम्म स क्रि य स ङ्क्र मि तकाे सङ्ख्या ९० हजार पाँच सय ७६ रहेकाे छ ।
यसैबीच २४ घण्टामा पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले को रो ना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा खाेपकाे तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएकाे छ ।
जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।