काभ्रेको धुलिखेल नगरपालिका प्रमुखका लागि नेकपा एकिकृत समाजवादीका दया सागर श्रेष्ठले आज मनोनयन दर्ता गरेका छन् ।
जिल्लामा सत्ता गठबन्धनबिच भएको चुनावी तालमेलमा धुलिखेल नगर प्रमुख नेकपा एसको भागमा परेको थियो ।
त्यस्तै उप प्रमुखमा निराजन जङ्ममले मनोनयन दर्ता गराएका छन् । उनी काँग्रेसतर्फका उम्मेरदवार हुन् । प्रमुख उपप्रमुख सहित धुलिखेलका १२ वटै वडाका उम्मेरदवारले मनोनयन दर्ता गराएका छन् ।
उनीहरुले ब्याण्ड बाजा सहितको ¥याली निकालेर मनोनयन दर्ता गराएका हुन् । बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।