काठमाडौँ, १९ असार : काठमाण्डौंको बल्खुमा आइतबार भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन्।
गम्भीर घाइते भएका बालकको बल्खु स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ।
बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो। सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।