सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बहु प्रतिभाका धनी पासाङ तामाङ

बहु प्रतिभाका धनी पासाङ तामाङ

4305
Shares
बहु प्रतिभाका धनी पासाङ तामाङ

नेपालको पुर्वी पहाडी जिल्ला धनकुटाको रमणीय स्वर्गजस्तै ठाउँमा २०४६ साल जेठ ३ गतेका दिन पिता जित बहादुर तामाङ र माता सानू माया तामाङको कान्छो शुपुत्रको रुपमा जन्मनु भएका थिए गीतकार तथा मोडेल पासाङ तामाङ ।
हँसिलो मुहार मिलनसार स्वाभावका गीतकार तामाङको सानैदेखि नेपाली गीति लेखनमा खुबै रुचि थियो । तामाङ फुर्सदको समयमा गीतहरु लेख्ने अनि गाउघरमा मेलापात,दाउरा घाँस उकाली ओराली गर्दा आफैले लेखेका गीतहरु गुनगुनाउदै उहाँको बाल्यकाल बितेको गीतकार बताउनु हुन्छ ।
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेका थिए तामाङले ।
तर सोचेजस्तो कहाँ हुन्छ र जीवन। गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन। हो ठ्याक्कै यो गीतले भने जस्तै तामाङको जिवनमा पनि भएर छाड्यो ।
देशको दर्दनाक अवस्था अस्तब्यस्त राजनीतिको चपेटामा परेर गीतकार तामाङ पनि अन्ततः अरु नेपाली युवाहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर मुङ्लान पस्न बाध्य हुनुभयो ।
तर उहाँको परदेश यात्रा अरुको भन्दा निकै फरक थियो । अरुको परदेश यात्रा आफ्नो घरको चुलोमा आगो बाल्त त कति युवाहरु आफ्ना सुन्दर भबिष्यको खोजीमा परदेशिदै थिए । तर गीतकार तामाङ देशमा बस्नै नसक्ने बाताबरण सिर्जना भएपछि बाध्यता बस परदेशी बन्दैथिए ।
आफ्नो देश र आफन्त गाउघरलाई छोडेर निकै टाढा जानुपरे पनि अरुको ओठमा खुशीको लहर देखिन्थ्यो । तर गीतकार तामाङको मुहारमा आफ्नो देश र आफ्नै देशको माटोमा पसिना बगाएर जीवनयापन गर्ने सपना तुहिएको पीडाले मन भित्रभित्रै भतभती पोलिरहेको थियो ।
अनगिन्ती सपनाहरु मध्यको एउटा अर्को सपना थियो आफ्नो शब्दहरुलाई रेकर्ड गराएर नेपालको कुना (कुना डाँडा पाखा भिर पहरामा गुन्जाउने । जब हातामा हरियो पासपोर्ट पर्यो त्यतिबेला लागेको थियो एउटा अर्को सपना पनि अधुरो नै रहने भयो ।
तर सोचेको भन्दा अलग भैदियो । गीतकार तामाङ परदेशमा रहेकै बेला एकदिन संयोगले गायक तथा संगीतकार मनिपाल राई सँग भेट भयो । त्यही दिनदेखि अनि आफ्नो गीत रेकर्डिङ गर्ने सपना पुरा गर्छु भन्ने अठोट लिनुभयो ।
त्यही मनिको साथ र आफ्नो आटले गर्दा उहाँले परदेशमा बसेर आफ्नो एकल शब्द रहेको गीति एल्बम “तिम्रो यादमा“ नेपाली संगीतपारखी मन हरु माझ पसकन सफल हुनुभयो ।
उक्त एल्बममा “तिम्रो यादमा“ नेपालकै ख्यातिप्राप्त गायक गायिकाहरु को आवाज रहेको छ भने संगीत गायक तथा संगीतकार मनिपाल राईले दिनु भएको छ ।
गीतकार तथा मोडेल तामाङले परदेशमा बसेर गीत मात्रै रेकर्ड गराउनु भएन। सबै गीतहरुका म्युजिक भिडियो समेत बनाइ सक्नु भएका तामाङले आफ्नै गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय पस्कन पनि भियाउनु भएको छ ।

नेपालकै हट नायिका भनेर चिनिने नायिका शुष्मा कार्की सँग उहाँले आफ्नै म्युजिक भिडियोमा अभिनय गर्ने सुवर्ण अवसर पाएकोमा आफू निकै खुशी रहेको पनि बताउनुभयो ।
अबको आगामी यात्रा भनेको गीत लेखन सँगै मोडेलिङ क्षेत्रलाई पनि साथै लिएर अगाडि बड्ने उहाँको योजना रहेको बताउनुभयो ।

4305
Shares

ट्रेन्डिङ