सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सिटौलाको गृहनगरमा राप्रपाले खाता खोल्यो

सिटौलाको गृहनगरमा राप्रपाले खाता खोल्यो

3530
Shares
सिटौलाको गृहनगरमा राप्रपाले खाता खोल्यो

सुरुङ्गा (झापा) १६ असार । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले जित सुरुवात गरेको छ । नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो । कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८६० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गर्नुभयो ।
नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा (एमाले)बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा (एमाले)का हरि न्यौपानेले बराबर ८०१÷८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो । तर नेकपा (एमाले)ले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ । रासस

3530
Shares

ट्रेन्डिङ