सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मिक्लाजुङ–२ मा एमाले विजयी

मिक्लाजुङ–२ मा एमाले विजयी

4280
Shares
मिक्लाजुङ–२ मा एमाले विजयी

उर्लाबारी (मोरङ), १६ असार । मोरङको मिक्लाजुङ गाउँपालिका–२ को अध्यक्षमा नेकपा (एमाले)का गौरी राईसहित पूरै एमाले समूह विजयी भएको छ । यसअघि बिहीबार वडा नं १ मा नरबहादुर राई (जीवन)सहित पूरै एमाले समूह नै विजयी भएको थियो ।
आज बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार मिक्लाजुङ–२ मा राईले सो वडामा खसेको एक हजार २०५ मतमध्ये ४७३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अमर राईले ३३० मत प्राप्त गर्नुभएको छ । यस्तै, सदस्यहरुमा एमालेकै कमलकुमारी राई, कृष्णकुमारी विक, नैनबहादुर राई र मोहन राई विजयी हुनु भएको छ । रासस

4280
Shares

ट्रेन्डिङ