सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपाली गुगल ब्वाई आदित्यले गरे नेपाल आइडल बारे यस्तो खुलासा

नेपाली गुगल ब्वाई आदित्यले गरे नेपाल आइडल बारे यस्तो खुलासा

4655
Shares
नेपाली गुगल ब्वाई आदित्यले गरे नेपाल आइडल बारे यस्तो खुलासा

काठमाडौँ, १२ भदौ । नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन ।
अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुन: चर्चा हुन थालेको छ । उनले ‘नेपाल आइडलको बिजेता निशान भट्टराई हुन्छ’ भनेर कपिमा लेखेर आफ्नो भविष्यवाणी गरेका हुन् । नेपाल आइडल नेपाली रियालिटी शो मध्य कै सबै भन्दा ठुलो पुरष्कार राशिको शो हो । बिजेताले २० लाख रुपैयाको साथमा महिन्द्र केयुभी १०० कार पनि प्राप्त गर्ने छ । बिजेताले मात्र हैन फस्ट रनर अपले १५ लाख रुपैया र सेकेन्ड रनरअपले पनि १० लाख रुपैया पुरष्कार राशि प्राप्त गर्ने छ ।
हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै अहिले टप ४ मा आइ पुगेका प्रतिष्पर्धीहरु हुन् – सागर आले, निशान भट्टराइ, बुद्द लामा र प्रताप दास । आदित्य दाहालको भविश्यवाणी सहि होला या नहोला त्यो त भविष्यले नै बताउला तर तपाइँ भने प्रतिभाशालीलाई आइडल बनाउन भोट गर्नु होला ।

को हुन् आदित्य दाहाल ?

झापाका शेषराज र ईश्वरा दाहालका छोरा हुन आदित्य । २०६७ मा जन्मेका उनी अहिले ७ बर्षका भए। बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् । विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो । त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन् ।
आदित्यले लेख्ने कतिपय शब्द र तीनका भाव सामान्य व्यक्तिलाई बुझ्न पनि कठिन हुन्छन् । उनले नेपाली र अंग्रेजी मात्र होइन, जापानी, चाइनिज रसियन लगायतका भाषामा समेत लेखेर सबैलाई चकित तुल्याएका छन् । दैवीशक्तिमा विश्वास नगर्नेहरुका लागि भीमकाय प्रश्नवाचक चिन्ह बनेर उभिएका छन् आदित्य ।ओके एक्सप्रेस बाट

4655
Shares

ट्रेन्डिङ