सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रकम अभाबमा उपचार नपाएकी महिलालाई अमेरिकाबाट मग्रान्तिको सहयोग , अभियान्ताको टोलिले गर्यो हस्तान्तरण

रकम अभाबमा उपचार नपाएकी महिलालाई अमेरिकाबाट मग्रान्तिको सहयोग , अभियान्ताको टोलिले गर्यो हस्तान्तरण

3775
Shares
रकम अभाबमा उपचार नपाएकी महिलालाई अमेरिकाबाट मग्रान्तिको सहयोग , अभियान्ताको टोलिले गर्यो हस्तान्तरण

काभ्रे :- काभ्रेको बनेपा नगरपालिकामा रहेको शिर मेमोरियल अस्पतालमा उपचार गर्न नै समस्या भएकी एक महिलालाई उपचारमा सहयोग हुने गरी श्याम मग्रान्तिले पठाएको सहयोग अभियान्ताको टोलिले हस्तानतरण गरेका हो। आर्थिक अवस्थाकै कारण उपचार गर्न नै कठिन भएकी महिलालाई अमेरिकाबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

काभ्रेका पनौती नगरपालिका वडा न ८ स्थाई घर भै हाल अमेरिकामा रहेका श्याम मग्रान्तिले पठाउनु भएको २६ हजार ३ सय २५ रुपैया उपचारका लागी उपलब्ध गराएकामा सो रकम हस्तान्तरण जी एन सापकोटाको नेतृत्वमा टोलिले अस्पतालको बेडमै भानुमाया सुनुवारलाई हस्तान्तरण गरेको हो। मग्रान्ति लामो समय देखि यस्तै दुखि र अभाबमा रहेका व्यक्तिलाई सहयोग गर्दै आईरहेका छन्।

रामेछाप जिल्ला लिखुतामाकोशी गाउपालिका वडा न ४ निवासी भानुमाया सुनुवारलाई रकम अभाब हुदा उपचारनै नगरी फर्कन लागेको थाहा पाएपछि सो रकम सुनुवारलाई हस्तान्तरण गरिएको सामाजिक अभियान्ता जी एन सापकोटाले सबैको समाचारलाई जानकारी दिएका हुन्। उनका अनुसार बिमार भानुमायाको आजै डिस्चार्ज समेत भएको छ। सुनुवार बनेपाको साँगामा रहेका अमिलो(माडा )उत्पादन गर्ने सस्थामा कार्यरत रहेकी थिईन।

3775
Shares

ट्रेन्डिङ