सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी

भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी

1515
Shares
भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी

काभ्रे : शुक्रबार अध्यक्षसँग बालबालिका कार्यक्रम लिएर बेथानचोक १ च्याम्राबेंसीस्थित झिंगे पुग्नु भएका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी तथा वडा अध्यक्ष मधुसुधन तिमल्सिनालाई भैरब माध्यमिक विद्यालयका विद्यार्थीहरु यस्तै प्रश्च सोध्दै हुनुहुन्थ्यो ।

 

जवाफमा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले केही समय अघि अज्ञात समूहले विद्यालयको कम्प्युटर ल्याब तोडफोड गरिएकोप्रति आफूले बारम्बार सुरक्षा निकायको ध्यानाकर्षण गराएको र दोषिलाई दायरामा ल्याउन आग्रह गरिरहेको बताउँदै हाल बन्नेसम्मका सबै कम्प्युटर अविलम्ब मर्मत गराई सुचारु गराउने वचन दिनुभयो । विद्यालयमा अन्य पूर्वाधारहरुलाई पनि क्रमशः आवश्यकताका आधारमा पुरा गर्दै लैजाने बताउनु भयो ।

भौतिक संरचना, पुस्तकालय, शौचालय, विज्ञान प्रयोगशाला, बालविकास केन्द्रका सामग्री उपलब्ध गराउन अन्य विद्यायल भन्दा यो विद्यालयलाई पनि रत्तिभर भेदभाव नगरिएको उहाँले प्रष्ट पार्दै शिक्षा प्रदान गर्ने सर्वोत्कृष्ट कर्ममा निरन्तर लागिरहन उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो । कक्षाकोठामा भएकै बालबालिकाहरू पछि गएर समाज र राष्ट्रको अभिन्न अङ्ग बन्ने भएकाले उनीहरु असल भए समाज र राष्ट्र पनि असल हुने बताउँदै शिक्षकले ‘म शिक्षक हुँ’ भनेर आफ्नो पेसालाई आत्मगौरवका साथ भन्न सक्नुपर्छ, सिकाउनु पर्छ । तपाईहरु शिक्षण सिकाइलाई अब्बल बनाउँदै लैजानुस हामी आवश्यक पूर्वाधार थप्दै लैजान्छौं ।

विद्यार्थी लक्षित गर्दै उहाँले असल विद्यार्थी कहिल्यै पनि योजनाविहीन नहुने बताउँदै निश्चित योजना, उद्देश्य वा लक्ष्य लिएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भूगोल फरक भए पनि सिकाइ, पाठ्यपुस्तक समान भएकाले आज पढेँ भने मात्र भोलि म सफल हुन सक्छु, आज लगनशील भएँ भने मात्र आउँदा दिन सहज हुन सक्छन् भन्ने धारणा लिँदै अघि बढ्न आग्रह गर्नुभयो । आफ्नो नम्बर दिँदै उहाँले भन्नुभयो, “विद्यालयमा हुने कुनै पनि समस्या आफै मिलेर समाधान गर्नुहोस नमिले मलाई यो नम्बरमा फोन गर्नुहोस् हामी मिलेर समाधान गरौंला ।” उहाँले चट्याङग्रस्त क्षेत्र भएकै कारण विभिन्न स्थानमा अर्थिङ जडान गरी क्षति न्यूनिकरणका लागि गाउँपालिकाले कार्यगरिरहेकाले चट्याङबाट हुने सम्भावित क्षति कम हुनेमा आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले बेथानचोको वडा नं. १ भौगोलिक दृष्टिलेसमेत दुर्गम भएका कारण कतिपय सुविधाबाट बञ्चित हुनु परे पनि विना भेदभाव समान व्यवहार गरिएको बताउँदै शैक्षिक गुणस्तरका लागि सबै अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले सो विद्यालयको कम्प्युटर ल्याबमा पुर्‍याइएको क्षतिको अविलम्ब दोषी पत्ता लगाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भयो । विद्यालयको चौतर्फी विकासका लागि गाउँपालिकाले अध्यक्षसँग बालबालिका कार्यक्रम अघि सारेको बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण सापकोटाले विद्यालयको वरिपरी वाल लगाउनु पर्ने, घेराबार लगाउनु पर्ने, शिक्षक संख्या बढोत्तरी गर्नु पर्ने, प्रविधिमैत्री संरचना पुनः निर्माण गर्नुपर्ने लगायतका माग राख्नु भयो । उहाँले शिक्षकहरुका लागि तालिम र आइसीटी सामग्रीको पनि माग गर्नुभयो । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण बेथानचोक गाउँपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यले गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. १ का सदस्यहरु, स्थानीय अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

 

1515
Shares

ट्रेन्डिङ