सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कालीकोटको कर्णाली बेसिन सबस्टेशन प्रभावितसँग अन्तरक्रिया

कालीकोटको कर्णाली बेसिन सबस्टेशन प्रभावितसँग अन्तरक्रिया

3125
Shares
कालीकोटको कर्णाली बेसिन सबस्टेशन प्रभावितसँग अन्तरक्रिया

१२ कात्तिक, कालीकोट । कर्णाली बेसिन सबस्टेशन निर्माण सम्बन्धी निर्माणस्थलमै छलफल गरिएको छ ।कालीकोटको खाँडाचक्र नगरपालिकाको रेगिलमा बन्ने कर्णाली बेसिनको सब स्टेशन निमार्ण स्थलका प्रभाबित स्थानीयवासीसँग बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले छलफल गरेका हुन् ।

स्टेशन निमार्णका लागि जग्गा अधिकरणको काम थालनी भइसकेको कर्णाली रेगिलका स्थानीयले मन्त्री शाहीसँग सरकारले आफ्नो पूर्ण ब्यवस्थापन गर्न माग गरेका छन ।

आफू ऊर्जा मन्त्री हुँदा भएको निर्णयबाट सञ्चालित बिभिन्न आयोजनाहरुको अनुगमन गर्न कालीकोटका बिभिन्न ग्रामीण भेकमा पुगेका मन्त्री शाहीले अनुगमनका क्रममा स्थानीयलाई सबस्टेशन निमार्णले सम्बृद्धि ल्याउने बताए ।

शाहीले कैलालीको लम्कीचुवादेखि कर्णाली जोड्न लागिएको चार सय केबिए बिद्युत प्रसारण लाइनका लागि निमार्ण हुन लागेको कर्णाली बेसिन सब स्टशेनको अनुगमन गरेका हुन् ।

कालीकोट जिल्लाको ४२६ मेघावाट क्षमताको फुकोट कर्णाली जलबिद्युत आयोजना, तीला एक र तीला दुईबाट उत्पादित विद्युत पनि सोही सब स्टेशनमा जोडेर बिक्रि गरिने उद्देश्यका साथ सब स्टेशन निमार्ण गर्ने योजना सरकारले बनाएको मन्त्री शाहीले बताए ।

स्टेशन मिनार्ण स्थल प्रभाबित क्षेत्रका स्थानीयले मन्त्री शाहीलाई स्वागत गरेका थिए । मन्त्री शाहीले राष्कोट नगरपालिकाको पोखरीकोटमा निमार्ण हुने विद्युत स्टेशनको पनि अनुगमन गरेका थिए ।-अनलाइनखबर बाट

3125
Shares

ट्रेन्डिङ