सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सहकारीको रकम हिनामिनामा गृहमन्त्रीकै संलग्नता देखिएकाले प्रश्न गरेका हौ :- प्रमुख सचेतक लेखक

सहकारीको रकम हिनामिनामा गृहमन्त्रीकै संलग्नता देखिएकाले प्रश्न गरेका हौ :- प्रमुख सचेतक लेखक

यो गठबन्धन जम्मा ५ महिना टिक्छ : प्रमुख सचेतक लेखक

445
Shares
सहकारीको रकम हिनामिनामा गृहमन्त्रीकै संलग्नता देखिएकाले प्रश्न गरेका हौ :- प्रमुख सचेतक लेखक

काभ्रे :- जिल्लाको नेपालि कांग्रेस धुलिखेल नगरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेपालि कांग्रेसका सांसद एवं प्रमुख सचेतक रमेश लेखकले यो गठबन्धनको आयु जम्मा ५ महिना भएको टिप्पणी गरेका छन्। संगै उनले सहकारीमा जम्मा भएको रकम हिनामिनामा गृहमन्त्रीकै संलग्नता देखिएकाले प्रश्न गरेको बताए र उनले सबिधान र यो व्यवस्थाको रक्षा कांग्रेसले मात्र गर्न सक्ने दाबी गरेका छन्।

लेखकले कार्यक्रममा बोल्दै ” देशको राजनैतिक अवस्थामा अत्यन्तै जटिल अवस्थामा रहेको बताएका छन्। देशमा भएको दलहरु कसैसङ्ग बहुमत नहुदा अवस्था जटिल बनेको बताए। उनले भने ” अहिले पनि संसदको हालत के छ भन्दा ठुला ठुलापार्टी हेरेको हेरेई साना दल शासन गर्या गरेई रहेको बताए। अनि खुसुक्क एउटा संग एउटा कुरा गर्या अर्को तिर अर्को कुरा गर्या छ । तै बिरालाको रोटी बाडेको कथा झैँ भएको उनको दाबि छ। यो स्थितिका बाबजुत पनि मुलुकलाई कसरी अगाडी लैजाने भन्ने कुराको जिम्मा नेपालि कांग्रेसले लिनुपर्नेमा लेखकको जोड थियो। गठबन्धन बदलियो हामीले निर्वाचन प्रणालीनै यस्तै अपनायौ त्यसकारण गठबन्धन बदलिएको बारेमा धेरै चिन्ता गर्नुपर्ने जरुरी नभएको उनको भनाई थियो।

यो स्वाभाविक प्रक्रिया हो। यो अहिले भएको गठबन्धन छ नि यो गठबन्धन भनेको नदीको किनारामा केटाकेटीहरुले बालुवाको महल बनाए जस्तै हो। नदीको किनारामा बनाएको बालुवाको महल। अनि भाग लगाउछन् यो कोठा तेरो यो कोठा मेरो , यो कौशी तेरो यो छत मेरो भनेर भाग लगाउछन। अनि त्यो महल कति दिन रहन्छ। एक छिन हावा चल्यो एक छिन पानि आयो भने महल भताभुङ्ग हुनेछ। त्यसकारण यो गठबन्धन हावा चलेन पानि परेन भने ५ महिना यो गठबन्धन टिक्ने छ। त्यो भन्दा बार्ता छैन। त्यसका लागी हामीले केहि गर्नु पर्दैन उहाहरुकै कारणले गठबन्धन भंत्कने वाला छ। भन्दै कार्यकर्तालाई विस्वास दिलाएका छन्।”

“सरकारका कुराका बारेमा लाखौ मानिसका अर्बै रकम सहकारीमा बचत गरियो त्यसमा अपचलन , दुरुपयोग , हिनामिना र ठगी भएको छ। नेपालि कांग्रेसले त्यसको छानबिनको मुद्धा उठाएको छ। अनि छानबिन गर्ने कस्ले ? माननीय उप प्रधान तथा गृहमन्त्रि रबि लामिछाने जी माथि छानबिनहुनु पर्छ भन्दा व्यक्ति केन्द्रित भएर कुरा गर्यौ कांग्रेसले भन्दै हुनुहुन्छ। म के आग्रह गर्न चाहान्छु भने सहकारीको अपचलन , दुरुपयोग , हिनामिना र ठगीमा छानविन गर्ने पुलिसले होला नि ? मान्छे पक्राउ गर्नु पर्ला ,बयान लिनु पर्ला , थुनामा राख्नु पर्ला , मुद्धा चलाउनु पर्ला त्यो पुलिसले गर्नु पर्ने हैन ? अनि पुलिसको नेतृत्व गर्नेनै मन्त्रि जी आफुनै अपचलन , दुरुपयोग , हिनामिना र ठगीमा संलग्न भएसी प्रस्न उठाउने की नउठाउने यो व्यक्ति केन्द्रित कुरा हो ? हैन भन्दै कांग्रेसले आफु भित्र र मुलुकमा पनि शुसाशनको नारा लिएर अघि बढ्नु पर्ने जरुरी रहेको औल्याएका छन्।

त्यसकारण अब कांग्रेसले यो सबिधान र व्यवस्थालाई बचाउन र सबिधानमा लेखिए बमोजिमको १० वर्षपछि सबिधानममै गर्नु पर्ने पुनरविचारलाई मध्ये नजरगर्दै अघि बढ्न सुझाब ब्यक्त गरेका थिए। यो ब्यवस्था र सबिधानको रक्षाको लागी नेतृत्व कांग्रेसले नै गर्नु पर्ने छ। कांग्रेस सबै मिलेर अघि जानु पर्ने पनि उनको दाबि थियो। र लोकतन्त्रको रक्षा नेपालि कांग्रेसबाट मात्र सम्भब भएको उनको दाबी थियो।

धुलिखेल नगरको प्रथम नगर सम्मेलनमा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक , केद्रीय सदस्य शिब प्र हुमागाई , बागमती सरकारका पुर्व मन्त्रि तथा नेपालि कांग्रेस पार्टी काभ्रेका सभापति तिर्थ लामा , जिल्ला कार्यसमितिका पदाधिकारी लगाएत धुलिखेलमा नेपालि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व भने धुलिखेल नगरका सभापति विदुर ब बस्नेतले गरेका थिए।

445
Shares

ट्रेन्डिङ