सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • औद्योगिक ग्राम स्थापनाको तयारी

औद्योगिक ग्राम स्थापनाको तयारी

4430
Shares
औद्योगिक ग्राम स्थापनाको तयारी

काठमाडौँ, १६ कात्तिक, उद्योग मन्त्रालयले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ ।

सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो । हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिनुभयो ।

उक्त ग्राम स्थापनाका लागि १ सय देखि २ सय रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानी लगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ । उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ ।

त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभएको छ ।

4430
Shares

ट्रेन्डिङ