सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

500
Shares
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं | शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बिहीबार पनि सुनको मूल्य नयाँ इतिहास कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च कायम भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

500
Shares

ट्रेन्डिङ