सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • महिला विश्वकप छनोट क्रिकेटमा नेपाल युएईसँग ५ रनले पराजित

महिला विश्वकप छनोट क्रिकेटमा नेपाल युएईसँग ५ रनले पराजित

4315
Shares
महिला विश्वकप छनोट क्रिकेटमा नेपाल युएईसँग ५ रनले पराजित

काठमाडौँ, मङ्सिर ७ । आइसीसी महिला टि(२० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले पराजित भएको छ । यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो । थाइल्याण्डको बैंककस्थित मैदानमा युएईले दिएको ८० रनको सामान्य लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल १९.२ ओभरमा ७४ रनमै समेटियो । नेपालका लागि रितु कनौजियाले सर्वाधिक २२ रनको अविजित योगदान गर्नुभयो। नेपालले ११ अतिरिक्त रन पाएको थियो तर पनि जितका लागि पर्याप्त भएन । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिँदा रितुले २ तथा नेरी थापाले १ विकेट लिए । हारसँगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । अब नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।

4315
Shares

ट्रेन्डिङ