सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वडा कार्यालयको सम्पुर्ण आय व्यय सुचना पार्टिमा

वडा कार्यालयको सम्पुर्ण आय व्यय सुचना पार्टिमा

5550
Shares
वडा कार्यालयको सम्पुर्ण आय व्यय सुचना पार्टिमा

मंसिर ८, पुजन धिताल , पनौति नगरपालिकाले आफ्नो नगर भित्रका सम्पुर्ण वडा कार्यालयको आय व्यय प्रत्येक महिनामा सुचना पार्टिमा सार्वजनीक गर्न निर्णय गरेको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७६ को उप दफा ४ मा भनिए अनुसार गाँउ पालिका, नगरपालिका तथा वडा कार्यालयले आफ्नो आय र व्ययको विवरण प्रत्येक महिनाको ७ गते भित्र सार्वजनिक गर्नुपर्ने भनिएको छ । वर्तमान समयमा नगरपालिका तथा गाउँपालिका र तिनका वडाहरुमा समयावधि भित्रै आफ्ना आय व्यय सार्वजनि भएको खासै पाईदैन । पनौति नगरपालिकामा भने निति नियम अनुसारनै अबका दिनमा वडा कार्यालयहरुले प्रत्येक महिनाको ७ गते भित्रनै आफ्नो वडा काार्यालयको सुचना पार्टिमा महिना भरिको आय व्यय सार्वजनीक गर्ने काम अगाडि बढ्ने भएको हो ।

शुक्रबार पनौति नगरपालिकाको हलमा सामुदायीक सारथिको आयोजना जथा पनौति नरपालिकाको समन्वयमा भएको समन्वय बैठक पछि नगरपालिकाले उक्त कुरालाई कार्यान्वयन गर्न प्रतिबद्धता सहित निर्णय गरेको छ । नगरपालिकाको हकमा भने तथ्याङक संकलन, विष्लेशण र प्रस्तुति गर्नका लागि आवश्यक जनशक्ति तथा स्रोत साधनको अभाव भएको कारणले प्रत्येक महिना सार्वजनिक गर्न कार्यलाई तत्काल कार्यान्वयन गर्न असहज भएपनि निकट भविष्यमै कार्यान्वयन तर्फ आफु अगाडि बढ्न दृढ रहेको पनौति नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो ।


उक्त बैठकले नगरस्तरिय शुशासन समितिको नियमावली आएसँगै कार्यान्वयन गर्ने, सामाजिक जवाफदेहिता संयन्त्रको परिक्षणलाई जनतासँग आमने सामने नामाकरण गरि नगरपालिका भित्र भएका वडा स्तरय ६० वटा र नगरस्तरिय ६५ वटा कार्यक्रम आगामि बैषाख भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकबाटै पनौति नगरपालिकाको वडा न १ मा सामुदायीक सारथिको पहलमा नगरपालिकाको समन्वयमा गठन भएको स्थानीय सभा लाई बाँकि १२ वटै वडामा विस्तारमा गर्ने निर्णय समेत भएको छ ।


कार्यक्रममा सामुदायीक सारथी नेपालका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले पारस्परिक जवाफदेहिताका सवालमा संस्थाले गर्दै आईरहेको कार्य विवरणको प्रस्तुति राख्नुभएको थियो । भने आगामि दिनमा काभ्रे जिल्लामा पारस्परिक जवाफदेहिता, शुशासनको क्षेत्रमा स्थानीय तहमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा सामुदायीक सारथिका जिल्ला निर्देशक राजाराम गौतमले नागरिक समाज, आम संचार माध्यम र सरकारी निकाय बिचको पारस्परिक जवाफदेहिता र आपसी सम्बन्धमा स्थायीत्व कायम गर्नको लागि जिल्लामा पारस्परिक जवाफदेहिता स्थानीय पहल परियोजना संचालनमा ल्याएको जानकारी दिदैं आगामि दिनमा स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख सहित कार्यपालिकाका सदस्यहरु, कर्मचारी हरुको सहभागिता रहेको थियो । सामुदायीक सारथिले युएस आईडिको सहयोगमा एफएचआई ३६० द्धारा संचालित पारस्परिक जवाफेदेहिता स्थानिय पहल परियोजना भित्र रहि नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुबिच उपयुक्त परिवेश सुदृढिकरण गर्ने, प्रभावकारी नितिगत पैरवी तथा सरकारी निकायहरुसँगको संग्लग्नताको लागि नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने, सार्वजनीक स्रोतको प्रयोग तथा सार्वजनीक सेवा प्रदान गर्ने प्रकृयामा थप प्रभावकारी निरिक्षण तथा संयोजन गर्ने, स्थानिय समाधानका उपायहरुलाई थप बढावा दिन प्रयासरत यूयसएआईडिको प्राथमिकताको क्षेत्रहरुमा संस्थागत क्षमता तथा दिगोपनको लागि संस्थागत सुदृढिकरण गर्ने काम गर्दै आईरहेको र २०१७ फेबु्रअरी बाट काम सुरु गरि २०२० फेबु्रअरी सम्म काम गर्ने जिल्ला संयोजक गौतमले जानकारी दिनुभयो ।

5550
Shares

ट्रेन्डिङ