सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गुरु बिनाको ज्ञान कसरी प्राप्त हुन्छ ? : पुर्व प्रधानमन्त्री ओलि ,भिडियो सहित

गुरु बिनाको ज्ञान कसरी प्राप्त हुन्छ ? : पुर्व प्रधानमन्त्री ओलि ,भिडियो सहित

590
Shares
गुरु बिनाको ज्ञान कसरी प्राप्त हुन्छ ? : पुर्व प्रधानमन्त्री ओलि ,भिडियो सहित

काभ्रे | जिल्लाको पनौती नगरपालिकाको कुशादेवी स्थित दारिम्बोटमा ओम आदी फाउन्डेशनद्वारा आयोजित तेश्रो आदित्य मोक्ष धाम काब्य गोष्ठीमा सम्बोधनका क्रममा ओलीले गुरु बिनाको ज्ञान कसरी प्राप्त हुन्छ बैज्ञानिकहरुले खोज अनुसन्धान गर्नु पर्ने विषय रहेको बताएका छन्।

सोहि सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री ओलीले भने- ‘मोक्ष धाम आउने कविहरुले नयाँ रचनाका लागि नयाँ विषय प्राप्त गर्नु भएको छ ।’ ‘मानिसमा वा अरु कसैमा ज्ञानका लागि गुरु वा कोहि न कोहि श्रोत आवश्यक छ, विना श्रोतको ज्ञान सम्भव हुँदैन। ओलीले भने ” गुरु आदित्यले लेखेका ज्ञान र रचना असाधारण छन् । आदित्य स्कुल गएका छैनन । पढेका पनि छैनन । उनैले पनि लेखेका छन् गुरु चाहिन्छ । गुरु विनाको शिक्षा महत्व छैन । गुरु आदित्यकै गुरु छैन ।

‘विज्ञानको समस्या यहिँनेर छ । गुरु बिनाको ज्ञान कसरी प्राप्त हुन्छ बैज्ञानिकहरुले खोज अनुसन्धान गर्नु पर्ने विषय हो :- ओलि । विना गुरु, विना ज्ञान, विना स्कुल उहाँले दिनु भएको ज्ञान विज्ञानलाई समेत चुनौती हो । ज्ञान प्राप्त गर्ने माध्यम छ, श्रोत छैन । बाल गुरु आदित्यको मुख्य रहस्य नै यहि हो ।

उहाँका हरेक भनाई गुरु बचनका रुपमा छन्’–पुर्व प्रधानमन्त्री ओलीले भने–‘कहाँबाट आए शब्द ? ८÷९ वर्ष अघि लेखेका शब्दहरु नै विद्धान स्तरमा लेखिने खालका थिए ।४÷५ वर्षको बच्चाले लेख्ने शब्दहरु कुनै विद्धान भन्दा कम थिएनन् । अत्यन्त उत्कृष्ट छन् । म आफैले मेरै आँखा अगाडी राखेर लेख्न लगाएको छु । खोज अनुसन्धान जरुरी छ । “

उक्त कार्यक्रममा सह आयोजक साहित्यिक पत्रकार संघ रहेको थियो । दर्जनौ कविहरुले कविता बाचन गरी तेश्रो आदित्य मोक्ष धाम काब्य गोष्ठीमा कला र संस्कृतिका बारेमा ब्याख्या गरिएको थियो। फाउण्डेशनका अध्यक्ष डा. उपेन्द्र महत्तोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याप्टेन रामेश्वर थापाले फाउण्डेशनको औचित्य, आवश्यकता र उत्त क्षेत्रमा निर्माण हुन लागेका १ सय ८ वटा संरचना मध्ये स्तम्भका बारेमा जानकारी दिएका हुन्।

कार्यक्रममा पुर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, विष्णु पौडेल, पुर्व मन्त्री प्रदिप ज्ञवाली, गोकुल बास्कोटा, पुर्व राज्य मन्त्री रेशम लामा, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, रजिस्टार डा. अच्युत वाग्ले, नगर प्रमुखहरु अशोक ब्याञ्जु, रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, जनप्रतिनिधिहरु, कविहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागितामा सम्पन्न गरिएको हो।

गुरु आदित्यकै गुरु छैन, उनले दिएका ज्ञान विज्ञानलाई समेत चुनौती हो : केपी शर्मा ओली

590
Shares

ट्रेन्डिङ