सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ३२ जिल्लाका सबै मतपेटिका सदरमुकाम आइपुग्यो : आयोग

३२ जिल्लाका सबै मतपेटिका सदरमुकाम आइपुग्यो : आयोग

2885
Shares
३२ जिल्लाका सबै मतपेटिका सदरमुकाम आइपुग्यो : आयोग

मंसिर १३, काठमाडौं । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने  काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका बुधबारसम्ममा सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‍याएको छ ।
डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।
दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । रासस

2885
Shares

ट्रेन्डिङ