सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नवलपरासी महासङ्घमा रानाभाट

नवलपरासी महासङ्घमा रानाभाट

3685
Shares
नवलपरासी महासङ्घमा रानाभाट

नेपाल पत्रकार महासङ्घ नवलपरासीकाृ दसौँ शाखा अधिवेशनले होमराज रानाभाट अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा हरि शर्मा, महिला उपाध्यक्षमा पूजा चापागाईं, सचिवमा राजकुमार रेश्मी, सहसचिवमा विष्णु गौडेल तथा समावेशी सहसचिवतर्फ अनिल यादव र कोषाध्यक्षमा ईश्वरी चापागार्इंलाई निर्वाचित गरेको
छ ।
यसैगरी कार्यसमिति सदस्यमा प्रकाश न्यौपाने, बुद्धिराज कडरिया, भीमलाल गाहा, रवीन शर्मा चापागार्इं, रञ्जना लम्साल, तीर्थराज डुम्रे, सद्दाम अन्सारी, श्याम बुचा मगर, कल्पना कुँवर र लक्ष्मी हरिजन निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय पार्षद्मा नारायण शर्मा, वीरेन्द्र पराजुली, श्रीराम सिग्देल, प्रेम न्यौपाने, पुरुषोत्तम सुवेदी, भूमिराज चापागाईं, घनश्याम बगाले, धु्रव पौडेल, टीकाराम गैरे, रमेश बस्ताकोटी, आरपी उपाध्याय, वृजराज कुशवाहा, दीपक भट्टराई र लालकुमार भट्टराई तथा महिला केन्द्रीय पार्षद्मा धनु भुसाल, कल्पना भट्टराई, विना न्यौपाने र उर्मिला ढकाल विजयी हुनुभएको छ ।
अधिवेशनले २४ जना प्रदेश पार्षद्समेत निर्वाचित गरेको केन्द्रीय प्रतिनिधि रामहरि सिलवालले बताउनुभयो ।

3685
Shares

ट्रेन्डिङ