सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समानुपातिकतर्फ काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेस पहिलो पार्टी

समानुपातिकतर्फ काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेस पहिलो पार्टी

5600
Shares
समानुपातिकतर्फ काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेस पहिलो पार्टी

मंसिर २८, प्रतिनिधिसभा क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत राजन हमालका अनुसार, खसेको ९३ हजार ४ सय ९४ मध्ये सदर ८६ हजार ७ सय ८५ मतमा नेपाली कांग्रेसले ३३ हजार ३ सय ५२, नेकपा एमालेले २७ हजार ३ सय १० र नेकपा माओवादी केन्द्रले २० हजार ३ सय ६६ मत प्राप्त गरेका छन् । चौथो भएको विवेकशील साझा नेपालीले १८ सय २५ र पाचौँ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सय ५९ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा १ मा पनि नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । खसेको ४५ हजार ७३ मत मध्ये सदर भएको ४० हजार ३ सय ५ मतमा नेपाली कांग्रेसले १४ हजार ८ सय ६५, नेकपा माओवादी केन्द्र १३ हजार ४ सय ६८ मत र नेकपा एमालेले ९ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा २ मा भने ९० मतले नेकपा एमाले पहिलो दल बनेको छ । खसेको ४८ हजार ४ सय २१ मध्ये सदर ४३ हजार २ सय मतमा नेकपा एमालेले १६ हजार ३ सय ३८, नेपाली कांग्रेसले १६ हजार २ सय ४८ र माओवादी केन्द्रले ६ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ र सो अन्तर्गतका प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
-कान्तिपुर बाट

5600
Shares

ट्रेन्डिङ