सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • भकुण्डेमा नृत्य प्रतियोगिता सम्पन्न

भकुण्डेमा नृत्य प्रतियोगिता सम्पन्न

4675
Shares
भकुण्डेमा नृत्य प्रतियोगिता सम्पन्न

गीतु सत्याल / भकुण्डे, २ माघ । विद्यार्थीहरुको प्रतिभा विकासका लागि जनक मा.वि. स्रोत केन्द्र स्तरीय लोक नृत्य प्रतियोगिता नमोबुद्ध नगरपालिका भकुण्डेमा सम्पन्न भयो । नमोवुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न लोक नृत्य प्रतियोगिताको प्रा.वि. र निमावि तहको दुबै प्रतियोगितामा जनक मा.वि. भकुण्डे उत्कृष्ट हुँदै विजयी भए भने प्रा.वि. तहमा दोस्रो, तेस्रो र चौथो क्रमशः जनजागृति आधारभूत विद्यालय, संसारीदेवी प्रा.वि र जनता प्रा.वि. हुन सफल भए भने निमावि तहको प्रतियोगितामा भुमेश्वर आधारभूत विद्यालय, महाँकाल आधारभूत विद्यालय र कानपुर मा.वि. क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान ओगट्न सफल भएका थिए ।

जनक मा.वि. स्रोत केन्द्रका स्रोत व्यक्ति प्रेम लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि नमोबुद्धका मेयर शर्मा, नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर लामा, श्रीकृष्ण मा.वि. स्रोत केन्द्रका स्रोत व्यक्ति कैलाश पौडेल, भकुण्डे जेशिजका अध्यक्ष रुक्मणी सिग्देल तिमल्सिना लगायतले आ आफ्नो धारणा राखेका थिए । जनक मा.वि.का सहायक प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षक प्रदिप पोख्रेलले संचालन गरेका थिए ।

कार्यक्रममा निर्णायकको भूमिका नाट्यकर्मी महासंघ नेपाल काभ्रेका अध्यक्ष एवं कलाकार, नृत्य निर्देशक, निर्देशक अमरकृष्ण चन्द, मोडल, नृत्य निर्देशक धनराज थापा मगर, कलाकार, नृत्य निर्देशक स्वेता लामाले निभाएका थिए । त्यसै गरी नमोवुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा श्रीकृष्ण मावि स्रोत केन्द्र स्तरीय नृत्य प्रतियोगिता दाप्चामा सम्पन्न भयो । प्रा.वि. र निमावि गरी दुई तहमा सम्पन्न प्रतियोगितामा प्रा.वि. तहमा ज्ञानोदय बोर्डिङ स्कूल तथा निमावि तहमा बाल उज्वल मावि विजयी भएका थिए ।

प्रमुख अतिथि नमोबुद्धका मेयर शर्मा, नमोबुद्ध नगरपालिका वडा नं १० का वडाध्यक्ष रामकृष्ण उपाध्याय, नगरका शिक्षा शाखा प्रमुख रामबहादुर लामा, जनक मा.वि. स्रोत केन्द्रका स्रोत व्यक्ति प्रेम लामा, सिएलसीका अत्तयक्ष केदार प्रसाद अधिकारी, बाल उज्वल मावि शिक्षक अभिभावक संघका अध्यक्ष कमलबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

बाल उज्वल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज घोरासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रीकृष्ण मा.वि. स्रोत केन्द्रका स्रोत व्यक्ति कैलाश पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा निर्णायकको भूमिका नाट्यकर्मी महासंघ नेपाल काभ्रेका अध्यक्ष एवं कलाकार, नृत्य निर्देशक, निर्देशक अमरकृष्ण चन्द, मोडल, नृत्य निर्देशक धनराज थापा मगर, कलाकार, नृत्य निर्देशक स्वेता लामाले निभाएका थिए ।

प्रावि तहको नृत्य प्रतियोगितामा क्रमशः ज्ञानोदय बोर्डिङ स्कूल, सरस्वति प्रावि, बाल उज्वल मावि र जनहित मावि पहिलो, दोस्रो, तेस्रो र चौथो भएका थिए भने निमावि तर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान क्रमशः बाल उज्वल मावि, ज्ञानोदय बोर्डिङ स्कूल, श्रीकृष्ण मावि र जनहित माविले हासलि गरेका थिए ।ल्ला प्रशासनले नै समन्वय गरेको थियो ।

4675
Shares

ट्रेन्डिङ