सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अपहरितको सकुशल उद्धार, चार जना अपहरणकारी पक्राउ

अपहरितको सकुशल उद्धार, चार जना अपहरणकारी पक्राउ

4285
Shares
अपहरितको सकुशल उद्धार, चार जना अपहरणकारी पक्राउ

भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमीले अपहरणमा परेका एक युवाको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७, वागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाण्डौ महानगरपालिका-६, बौद्ध चावहिलका २९ वर्षीय रमेश लामा, काठमाण्डौ महानगरपालिका-१, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबार ३ घर भइ हाल काठमाण्डौ महानगरपालिका १५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातेका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

चार जनाको यस टोलीले भक्तपुरको चाँचुनारायण नगरपालिका-९, ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका-९, दूधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको अभियोगमा पक्राऊ गरेको हो ।

तुम्बापुलाई बा ९ च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर लगेको सूचनाको आधारमा खटिएका प्रहरी टोलीले भक्तपुर नगरपालिका-९, ब्रम्हायणीबाट नियन्त्रणमा लिइ सन्तोषको उद्दार गरेको उहाँले जानकारी दिनुभयो । अपहरणमा प्रयोग भएको गाडीसहित पक्राऊ परेका चार जनालाई प्रहरी वृत्त जगातेमा राखेर अनुसन्धान सुरु गरेको र घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रनाउ शर्माले जानकारी दिनुभयो ।

4285
Shares

ट्रेन्डिङ