सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पैसाकै लोभले युवतीको हत्या भएको आशंका , एक जना पक्राउ

पैसाकै लोभले युवतीको हत्या भएको आशंका , एक जना पक्राउ

3350
Shares
पैसाकै लोभले युवतीको हत्या भएको आशंका , एक जना पक्राउ

हिलिहाङ गाउँपालिका – ६ , भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ – ६ का १९ वर्षीय घनेन्द्र लाओतीलाई बिहीबार राति ८ बजे पक्राउ गरेको हो ।

सुजाताको हत्यापछि फरार अभियुत्त लाओतीको खोजतलास गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ । हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङ हिलिहाङ – ६ , रातमाटेमा फाइनान्स समूहको बैठकसँगै व्याज र किस्ता संकलन गरेर फर्कँदै गर्दा गएको मंगलबार साँझ सित्ते भन्ने ठाँउको जङगलको गोरेटो बाटोमा धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

लाओती हिलिहाङ – ५ , स्थित गाँउमै लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । लाओतीले पैुाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलामको माईजोगमाई गाउँपालिका – ५ , घर भएकी तामाङको शव वुधबार पोस्टमर्टमपछि आफन्तलाई जिम्मा दिइएको पाँचथर प्रहरीले जनाएको छ ।

3350
Shares

ट्रेन्डिङ