सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गीत संगीत मेरो रगरग’मा बसेको छ : गीतकार प्रतिमा गुरुङ

गीत संगीत मेरो रगरग’मा बसेको छ : गीतकार प्रतिमा गुरुङ

5395
Shares
गीत संगीत मेरो रगरग’मा बसेको छ : गीतकार प्रतिमा गुरुङ

काभ्रे,साउन २३ ;  समाज सेवामा समर्पित तथा निरन्तर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो मिठो गीत रचना बाट आफ्नो छुट्टै पहिचान बनाएकि गीतकार हुन् प्रतिमा गुरुङ |सानै देखि गीत, कबिता ,गजल ,शायरी लेख्न मन पराउने गीतकार प्रतिमा गुरुङ फ्रान्समा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार प्रतिमा गुरुङ’ले आमा ओ मेरी आमा ,आमा तिम्ले छाडी गएपछि ,जस्ता गीतहरु नेपाली गीत संगीत प्रेमीहरु माझ ल्याएर छुट्टै पहिचान बनाई सकेकी छिन् | उनको रचनामा केहि गीतहरु समाजसेवी गायक/ संगीतकार जितेन बान्तवा’ले गाई सकेका छन् |

प्रदेशमा कार्य व्यस्तता भएता पनि केहि फुर्सद’को समयमा गीत लेख्न र गीत संगीत सुन्न मन पराउने गीतकार प्रतिमा भन्छिन: म नेपाली गीत संगीत’लाई असाध्यै मायाँ गर्छु, फुर्सद भयो कि म गीत लेख्न र गीत संगीत सुन्न मन पाराउँछु | गीत सुन्योकी नाच्न मन लाग्ने हुन्छ , फ्रान्स’मा हुने सांगीतिक कार्यक्रम’मा पनि नेपाली गीत संगीतमा नाच्दा आनन्द आउँछ सबै दुख भुलिन्छ |

अहिले मेरा २ वटा गीत बजारमा आई सकेका छन् मलाइ दर्शक स्रोताले सोंचे भन्दा राम्रो प्रतिक्रिया दिनु भयो म एकदम खुशी छु|वहाँहरुको मायाँ’ले गर्दा अरु गीतहरु पनि छिट्टै बजारमा ल्याउने जमर्को गरिरहेकी छु | म गीत संगीत’बाट अलग हुन सक्दिन म गीत संगीत क्षेत्रमा आफ्नो गीत रचना’बाट सबैमा सहि म्यासेज जावोस र मेरो रचना’बाट मानिसले केहि सिकोस. मनन गरोस भन्ने चाहान्छु |

अहिले भर्खर सार्वजनिक भएका मेरा दुवै गीतले पनि दर्शक स्रोतालाई राम्रो म्यासेज’नै दिएको दर्शक श्रोताबाट प्रतिक्रिया पाउँदा म खुशी छु | प्रेम भाव’का गीतहरु पनि केहि समय पछि आउने छन् l

5395
Shares

ट्रेन्डिङ