सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • काँग्रेस विवाद झनै चर्कियो, नेताहरुको आआफ्नै तर्क

काँग्रेस विवाद झनै चर्कियो, नेताहरुको आआफ्नै तर्क

3775
Shares
काँग्रेस विवाद झनै चर्कियो, नेताहरुको आआफ्नै तर्क

काठमाडौं, पुस ,  ६  ,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्रको विवाद झन् बढ्दै गएको छ ।

महाधिवेशनको कार्यतालिका, नेविसंघ, तरुण दल र विभाग गठनको विषयमा प्योकजमा सहमति नभएसम्म केन्द्रीय समितिमा नजाने पौडेल पक्षको अडानले केन्द्रीय समिति बैठक आह्वान हुँदै स्थगित हुने श्रृंखला दोहोरीरहँदा पनि विवाद समाधान हुने संकेत देखिएको छैन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पछिल्लो पटक बहिस्कार गरे यता कांग्रेस केन्द्रीय समिति चार पटक स्थगित भइसकेको छ ।

फेरि पुस १० गतेका लागि बैठक बोलाइएको छ । जुन कारण बैठक स्थगित हुने परस्थिति बन्यो, त्यसको समाधानका लागि भने खासै काम भएको छैन ।

पार्टी भित्र विवाद समाधानका लागि भन्दै वार्ता टोली नै बनाएर काम गरे पनि केवल जग हँसाई मात्र बनिरहेको छ । कुनै समाधान त्यो टोलीले खोज्न सकेको छैन ।

नेताहरुका अनुसार बरु विवादले नयाँ नयाँ रुप लिइरहेको छ । पार्टी महाधिवेशन कार्यतालिका र कार्यकाल थपको विषयमा दुवै पक्ष सहमति नजिक भएपनि भातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलका विषयमा विवाद गहिरिएको छ ।

सभापति शेरबहादुर देउवा पक्षधर नेपाल विद्यार्थी संघ र तरुण दलमा नेतृत्व पाउनुपर्ने अडानमा छ । नेविसंघमा पार्टी विलय गराएर काँग्रेसमा गएका विजयकुमार गच्छादार समुह र कृष्ण सिटौला समुहलाई पनि नेविसंघमा एक एक महामन्त्री दिन देउवा पक्षले गरेको प्रस्तावबाट पौडल समूह थप चिढिएको छ ।

तरुण दलमा पनि देउवा पक्षले सचिव थप्ने प्रस्ताव गरेको छ भने वर्तमान अध्यक्षलाई कायम गरी महासचिवमा पौडल पक्षसँग नयाँ अनुहार दिन भनेको छ ।

तरुण दलमा अध्यक्ष र महासचिवबीच द्वन्द्व छ । पौडेल पक्ष महासचिव हटाउन तयार छैन । सचिव थप्न पनि मानिरहेको छैन । पौडेल पक्ष धेरै पद राखेर आफ्नो समूहमा देउवा पक्षले खेल्न खोजिरहेको बुझाइमा छ ।

सभापति देउवा पक्षका वार्ता टोली प्रमुख उपसभापति  विमलेन्द्र निधी  १४ औं महाधिवेशनको कार्यतालिका र म्याद थपमा खासै समस्या नभएको भन्दै नेविसंघ र तरुण दलमा प्रतिनिधित्वको विषयले कुरा मिल्न समय लागेको स्वीकार गर्छन् ।

केन्द्रीय समिति बहिस्कार गरी नियमित जसो गुटगत छलफलमा रहेको पौडेल पक्षभित्रै पनि यी सबै विषयमा एक मतको धारणा छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघ र तरुण पदाधिकारी संख्या थप्न नुहने पक्षमा छन् । महामन्त्री डा. सशांक कोइराला, प्रकाश्मान सिंह, कृष्ण सिटौलालगायतका नेता पदाधिकारीको संख्या थप्दा पनि खासै समस्या नुहनेमा छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी नेतृत्वमा रहेको हेपाह प्रवृत्तिका कारण विवाद बढेको बताउँछन् । विधान नमान्ने र स्वेच्छाचारिताले पार्टी चलाउने पद्दतीले समस्या निम्त्याएको भन्दै नेता भण्डारी त्यसमा सुधारका लागि अहिले दबाब दिने काम भएको बताउँछन् ।

दुई तिहाइ सरकारको अघिल्लतीर कमजोर प्रतिपक्षको रुपमा रहेको काँग्रेस त्यसमा पनि आफैं भित्रको घर झगडामा रमाउँदा सरकारलाई त हाइ सन्चो भएकै होला ।

विगतका आफ्नै कमी कमजोरी सुधार गर्दै सरकारको नराम्रा कामको समेत आलोचना गरेर जनतामा जानुपर्ने बेला घर झगडा नै प्रिय मान्ने काँग्रेस नेताहरुबाट कार्यकर्ता तथा शुभेच्छुकहरुमा चाँही के उत्साह थपिएला र खै ?

 

 

 

– इमेज खबर बाट

3775
Shares

ट्रेन्डिङ