सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • *१४१९# डायल गरेर कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउनुहोस्

*१४१९# डायल गरेर कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउनुहोस्

5130
Shares
*१४१९# डायल गरेर कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउनुहोस्

काठमाण्डाै / नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण भए/नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ । टेलिकमका प्रयोगकर्ताले *१४१९# डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । मङ्गलबारदेखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

*१४१९# डायल गरेमा ज्वरो आए/नआएको, खोकी लागेकाे/नलागेकाे, श्वास फेर्न गार्हो भए/नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए/नआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ । यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोराेनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने टेलिकमले जनाएको छ ।

5130
Shares

ट्रेन्डिङ