सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

काभ्रेमा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

3825
Shares
काभ्रेमा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

काभ्रे । पनौती स्थित वडा नं १ मा सवारी दुर्घटना भएको छ ।

पनौती नगरपालिका वडा नं १ बुढापोखरीबाट पर्खालचौर तर्फ आउँदै गरेको बा ४१ प २५३२नं को स्कुटर आफैं अनियन्त्रित भई सडकबाट २० फिट तल खसेको थियो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा सोहि स्थिान बस्ने ४५ वर्षिया मंगलबहादुर श्रेष्ठ रहेका छन् । स्कुटर पछाडी सवार कुमार श्रेष्ठ घाइते भएका छन् । घाईतेलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।श्रेष्ठको टाउकोमा चोट लागेको र अवस्था गम्भिर छ ।

प्रहरी चौकी कुशादेवीबाट लोक प्रसाद दुलालको कमाण्डमा खटीएको टोलिले घटनास्थल सुरक्षित राखेको छ ।

3825
Shares

ट्रेन्डिङ