सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा ट्रक दुर्घटना, ४ जना गम्भिर घाइते

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना, ४ जना गम्भिर घाइते

7620
Shares
सिन्धुपाल्चोकमा ट्रक दुर्घटना, ४ जना गम्भिर घाइते

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको हेलम्बुमा बिहान ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ बाट मेलम्ची फर्किदै गर्दा बा ३ ख ७९६८ नम्बरको ट्रक गनेशेमा दुर्घटनामा परेको हो ।

ट्रकमा सवार चारै जना घाइतेहरुको मेलम्चीमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौँे लगिएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरिक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो । चालक निदाएको कारण दुर्घटना परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

घाइते हुनेहरुमा सुनकोशि ५का चालक पाशाङ तामाङ, सोहि गाउँपालिकाका २५ बर्षिय ग्यालसन तामाङ, मेलम्ची १०का १९ बर्षिय राजन सुनार, र बाह्रबिसे नगरपालिकाका २१ बर्षिय लाल बहादुर तामाङ रहेका छन् ।

7620
Shares

ट्रेन्डिङ