सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको १२ वटा पालिकामा फैलियो को रो ना, धुलिखेल र बनेपा ‘रेड जोन’ मा

काभ्रेको १२ वटा पालिकामा फैलियो को रो ना, धुलिखेल र बनेपा ‘रेड जोन’ मा

4240
Shares
काभ्रेको १२ वटा पालिकामा फैलियो को रो ना, धुलिखेल र बनेपा ‘रेड जोन’ मा

 

काभ्रेको १३ मध्ये १२ पालिकामा को रो ना भाईरसको नयाँ भेरियन्ट फैलिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार खानीखोला गाउँपालिका बाहेक सबै स्थानीय तहमा कोरोना फैलिएको हो ।

पछिल्लो २४ घण्टामा १५४ जनामा को रो ना सं क्र मि त पुष्टि भएसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्या ४८७ पुगेको छ । जिल्लाको धुलिखेल र बनेपा नगरपालिका सबैभन्दा उच्च जोखिममा देखिएका छन् ।

सबैभन्दा बढी धुलिखेलमा १७३ जना र बनेपा नगरपालिकामा १४४ जना सक्रिय सं क्र मि त छन् । जिल्लाको ६ वटै नगरपालिकामा सं क्र म ण तीव्र गतिमा फैलिएको छ ।

पनौती नगरपालिकामा ५५ जना, नमोबुद्ध नगरपालिकामा ४६ जना, पाँचखाल नगरपालिकामा १६ जना र मण्डनदेउपुर नगरपालिकामा २३ जना सक्रिय सं क्र मि त छन् ।

७ वटा गाउँपालिका रसेको काभ्रेमा सबै भन्दाबढी चौरीदेराली गाउँपालिकामा २३ जना सं क्र मि त छन् । भुम्लु र रोशी गाउँपालिकामा ३/३ जना, बेथानचोक, तेमाल र महाभारत गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सं क्र मि त सबै होम आईसोलेसनमा छन् । निको हुनेभन्दा सं क्र मि त हुनेको संख्या निकै बढी छ ।

 

 

4240
Shares

ट्रेन्डिङ