सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • काभ्रेको दुई पालिकाको एम्बुलेन्सले संयुक्त रुपमा विरामी ओसार पसार गर्ने

काभ्रेको दुई पालिकाको एम्बुलेन्सले संयुक्त रुपमा विरामी ओसार पसार गर्ने

5980
Shares
काभ्रेको दुई पालिकाको एम्बुलेन्सले संयुक्त रुपमा विरामी ओसार पसार गर्ने

काभ्रे: काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले एम्बुलेन्स संयुक्त रुपमा सञ्चालन गर्ने भएका छन् । दुई पालिकाको संयुक्त बैठकले आज देखि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । रोशी गाउँपालिकाको ३ वटा र नमोबुद्ध नगरपालिकाको एउटा गरी दुई ४ वटा एम्बुलेन्स छन् ।

नमोबुद्ध नगरपालिकाको एम्बुलेन्स कोरोना भाइरसका संक्रमितको लागि र रोशी गाउँपालिकाको एम्बुलेन्स अन्य रोगका विरामीहरुको लागि सञ्चाल गर्ने गरी निर्णय भएको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोलाले जानकारी दिनुभयो ।

5980
Shares

ट्रेन्डिङ