सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

460
Shares
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

चितवन । बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

रंगशालाको थप पूर्वाधार निर्माणका लागि  एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ । रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने बताइएको छ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ ।

एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।

यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।

460
Shares

ट्रेन्डिङ