सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रक्सी खाएर मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जना घाइते

रक्सी खाएर मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जना घाइते

4720
Shares
रक्सी खाएर मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जना घाइते

भक्तपुर : सूर्य विनायक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार राति पौने १२ बजे चुनदेवीमा बा ३६ प ९९९८ नम्बरको मोटरसाइकल पल्टिँदा चालक रामेछाप घर भएर ललितपुर इमाडोल बस्ने २७ वर्षका खड्कबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चालकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि सल्लाघारीको अस्पतालबाट इमाडोलमा रहेको किस्ट अस्पतालमा रेफर गरिएको छ । मोटरसाइकल पछाडl बस्नेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । चालकले रक्सी खाएर मोटरसाइकल चलाएकाले दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

4720
Shares

ट्रेन्डिङ