सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राप्रपामा रेखा काण्डको चर्चा बढ्दो

राप्रपामा रेखा काण्डको चर्चा बढ्दो

3380
Shares
राप्रपामा रेखा काण्डको चर्चा बढ्दो

नेपाली चलचित्रमा आफु भन्दा हट हट कलाकारहरुको आगमन भएपछि राजनीतितिर कोल्टे फेरीकी कुनै समयकी हटपट नायिका रेखा थापा राजनीतिमा फ्लप हुने हो कि भन्नेहरुको जमात बढ्दै भएको छ । कारण हो रेखाका पछिल्ला क्रियाकलाप र गतिविधी ।
रेखा थापाको राजनीतिक पार्टी परिवर्तन, अभिव्यक्तिहरुले उनीलाई राजनीतिमा झन अलोकप्रिय बन्दै गइरहेको देखिन्छ । रेखा राप्रपामा प्रवेश पछि पार्टीका पुराना र नयाँ नेता तथा कार्यकर्ताहरूका लागि धेरै समस्या देखिएको राप्रपाका एक नेताले बताए ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट रेखालाई महाधिवेशन प्रतिनिधी बनाउन अध्यक्ष कमल थापाले आफ्ना कोषाध्यक्ष उद्धब पौडेललाई ठाडो आदेश दिएपछि राप्रपाभित्र ‘रेखाकाण्ड’का नाममा उथलपुथल मच्चिएको हो । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताहरूले पार्टीमा ‘रेखाकाण्ड’ शुरु भयो भन्दै कुराकाट्न थालेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार रेखा थापाले आफू बस्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ बाट महाविधेशन प्रतिनिधी बन्ने इच्छा कमल थापासमक्ष राखेकी थिइन् । कमल थापाले पनि तत्काल आफ्ना कोषाध्यक्ष उद्धव पौडेललाई बोलाएर रेखा थापालाई महाधिवेशन प्रतिनिधी बनाउन ठाडो निर्देशन दिइहाले ।
कमल थापाको ठाडो आदेशपछि फिल्म मेकरसमेत रहेका उद्धब पौडेलले आफूले कठिन अवस्थामा राप्रपाको संगठन गर्दै आएका नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाएर रेखालाई महाधिवेशन प्रतिनिधी बनाउन नसक्ने कडा जवाफ दिएका थिए ।
तर, कमल थापाको आदेशका अगाडि धेरै अडान लिन सकेनन् । पौडेल र स्थानीय नेताहरूले रेखालाई प्रतिनिधी बनाएर कमल थापा समक्ष हाजिर गराएका छन् ।
माघ २३ गते भएको काठमाडौं क्षेत्र नम्बर ४ को महाधिवेशनमा रेखा अनुपस्थित थिइन् । उनी नगएपनि कमल थापाको आदेशमा प्रतिनिधी बनाएको राप्रपा उच्च स्रोतले जानकारी दिएको छ । रेखा थापाविरुद्ध चार नम्बर क्षेत्रका नेता कार्यकर्ताले पार्टी मुख्यालय धुम्बाराहीमा मौखिक उजुरी समेत दिएका छन् ।
सञ्चारकर्मी प्रकाश सुवेदीको जोडबलमा राप्रपा भित्रिएकी रेखा थापालाई गृह जिल्ला मोरङको सलकपुरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले मन पराउँदैनन् ।
स्रोतका अनुसार आफ्नो गाउँ सलकपुरबाट पराजित हुने र स्थानीय नेता तथा कार्यकर्ताले असहयोग गर्ने भएपछि रेखाले कमल थापालाई भनेर काठमाडौं ४ बाट प्रतिनिधी बन्न दबाब दिएकी हुन् । उनको यो दबाब काठमाडौं ४ मा स्थानीय नेता तथा कार्यकर्ताका लागि ठूलो सजाय र चुनौती बन्न पुगेको छ ।
कमल थापाको प्रिय कार्यकर्ता बन्ने प्रयासमा रहेकी रेखा थापालाई प्रकाश सुवेदीले नै राप्रपामा अगाडि बढाउन खोजेको आरोप छ । रेखा आजकाल प्रकाश सुवेदीकै सरसल्लाहामा हिँड्ने गरेको स्रोतले जनाएको छ ।
कमल थापाको ‘निगाह’बाट प्रतिनिधी बनेकी रेखा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर प्रचार प्रसार नै शुरु गरेकी छिन् । राप्रपाभित्र रेखाको चुरीफुरी बढ्न थालेपछि संगठन गर्दै आएका नेता कार्यकर्ताहरू चकित परेको एक नेताले बताए ।
माओवादीमा रहेका बोला पनि उनलाई धेरैले मन पराएका थिएनन् । फिल्मका लागि उपयुक्त रेखा थापा पार्टीको राजनीतिमा उपयुक्त छैनिन् भन्नेहरू धेरै छन् । उनी आफ्नो व्यक्तिगत स्वार्थमा धेरै लाग्ने भएका कारण माओवादीमा टिक्न नसकेको आरोप छ । माओवादीकै क्रियाकलाप रेखाले राप्रपामा पनि दोहोराउँदै गएको चर्चा हुने गरेको छ ।

3380
Shares

ट्रेन्डिङ