सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ

होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ

295
Shares
होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ

सिरहा | सिरहाकाे गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव भेटिएको छ । गोलबजार नगरपालिका–६ की ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएको थियो । गए राति मृतक साह र उहाँका श्रीमान् महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुग्दा महेन्द्रलाई बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि गोलबजार पुर्‍याएको थियो ।

अनिताको घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिनुभयो ।

यसैबीच सप्तरीकै तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव भेटिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको पुलमुनि राजविराज नगरपालिका–१६ बोरियाका राजेशकुमार यादव मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

295
Shares

ट्रेन्डिङ