सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपालको झन्डा जलाउने भारतका मौलाना विरुद्ध बिरगंजमा प्रदर्शन

नेपालको झन्डा जलाउने भारतका मौलाना विरुद्ध बिरगंजमा प्रदर्शन

6955
Shares
नेपालको झन्डा जलाउने भारतका मौलाना विरुद्ध बिरगंजमा प्रदर्शन
  • सुनिल श्रेष्ठ

वीरगन्ज / वीरगन्जका स्वतन्त्र युवाहरुले नेपालको झन्डा जलाउने भारतिय मौलाना बिरुद्ध वीरगन्जमा प्रदर्शन गरेका थिए । शनिबार वीरगन्जको घण्टाघरस्थित भेला भएका स्वतन्त्र युवाहरुले नेपाली झण्डा जलाई नेपालीको अपमान गर्ने भारतीय मुस्लिम पार्टीका मौलाना विरुद्ध वीरगन्जमा प्रदर्शन गरेको हो ।

बिरगंजका स्वतन्त्र युवाहरुले प्रदर्शन गर्नुका साथै झन्डा जलाउने र नेपालीको अपमान गर्नेको ,:पोस्टर जलाएर बिरोध प्रदर्शन गरेका थिए । जेष्ठ ३२ गते अर्थात १४ जुन २०२० मा भारतको हैदरबादका असदुदीन औबेसीका पार्टी आँल इंडिया मजलिस ए ईत्तेहादुल मुस्लिमीन (ए.आई.एम.आई.एम) का पार्टीका उत्तरप्रदेश प्रतापगढ जिल्लाका अध्यक्ष मौलाना ईसरार अहमदले नेपाली झण्डा जलाई नेपालीको अपमानीत गरेको थियो ।

विरोध जुलुसमा सहभागि युवाहरुले नेपाली झण्डा जलाउँने भारतीय नागरिक मुर्दाबाद, नेपाल भारत सम्बन्ध अमर रहोस्, नेपाली झण्डा जलाउँने मौलानालाई कारवाही गर लगायतको नारा अंकित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

6955
Shares

ट्रेन्डिङ