सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेपाल–चीन व्यापारमा अवरोध

नेपाल–चीन व्यापारमा अवरोध

6035
Shares
नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं, माघ १२ः २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शुन्य कोभिडको नीति अवलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग अघोसित नाकाबन्दीु लगाएको आरोप लगाएका छन् ।

यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

6035
Shares

ट्रेन्डिङ