सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालबाट भारत डिजेल तस्करी

नेपालबाट भारत डिजेल तस्करी

3315
Shares
नेपालबाट भारत डिजेल तस्करी

भारत र नेपालमा डिजेलको मुल्यमा भएको असमानताका कारण पछिल्लो समयमा नेपालको नाममा ल्याइएको डिजेल भारत तस्करी बढेको छ । पछिल्लो समय काठमाडौंमा डिजेल पेट्रोलको माग बास्तविक नेपाली बजरमा घटिरहेको भए पनि आर्यातमा झन झन बढिरहेको देखिएपछि आयल निगमले भित्री रुपमा अनुसन्धान बढाएको छ ।
प्रधिकरणमा कुलमानको आगमनसँग काठमाडौंमा हटेको लोडसेडिकका कारण दैनिक डिजेल, पेट्रोलको माग घटिरहेको बेला डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो । यसमा निगमका कर्मचारीहरु नै छक्क परे ।
ट्यांकरहरुले तेल नेपाल ल्याए तर तेल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेको हो कि भन्ने तर्फ सरकारले अनुगमन ग¥यो । फलस्वरुप काठमाडौंमा दैनिक तेलको माग ६ लाख लिटर घटेको पुष्टि भयो । साथै काठमाडौंको बजारमा पठाइएको डिजेल काठमाडौंको पम्पहरुमा नभई पुनः भारत पुग्ने निगमले पुष्टि गरेको छ ।
भारतमा डिजेलको मूल्य नेपालमा भन्दा झण्डै २० रुपैयाँ बढी छ ।
यसैकारण बजारमा चलखेल गरेर पम्पहरुलाई दिएको तेल सेटिङ मिलाएर उपत्यकाबाहिर पठाउने गरिएको र ट्यांकरमार्फत नै फेरि सो तेल भारत नै पुग्ने गरेको सरकारी निष्कर्ष छ ।
अनुगमनलाई कडाई गरेपछि बजारमा तेलको माग एक तिहाइले घटेको निगम वितरण विभाग प्रमुख सीताराम पोखरेलले बताए ।
पम्प तथा ट्यांकरमाथि थप निगरानी बढाएर बजारमा तेलको माग सामान्य अवस्थामा झार्न प्रयासरत रहेको उनको दाबी छ । निगमको थानकोटस्थित डिपोका प्रमुख नेत्र काफ्लेले डिजेलको माग दैनिक १८ लाख बाट झरेर १२ लाख लिटरमा झरेको बताए ।
सामान्य अवस्थामा काठमाडौंमा ८ लाख लिटर डिजेलले पुगेको तरपनि अनुगमन कसिलो बनाउँदै लगेपछि दैनक माग अझ घट्न सक्ने वितरण विभाग प्रमुख पोखरेल दाबी छ ।
लगातार तेलको माग बढेपछि भारतीय बजारमा तेल तस्करी भएको ठहर आपूर्ति मन्त्रालयले गरेको थियो । तेलको कालोबजारी रोक्न अहिले उपत्यका छाड्ने सबै ट्यांकरमा ग्रेज लगाएर तेल भएरनभएको हेर्ने गरिएको छ । यसमा लागि थानकोटमा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमबाट अधिकृतहरु खटिएका छन् ।
सीमा क्षेत्रबाट पम्पबाटै तेल किनेर भारतीय बजारमा तेल बेच्न स्थानीयहरु नै सक्रिय भएका छन् । त्यसैले अब जिल्लाहरुमा अनुगमन बढाउन पनि आपूर्ति मन्त्रालयले समिति बनाएको छ ।
समितिले जिल्लाहरुमै पुगेर तेल डिपो, पम्प तथा ट्यांकरहरुमा अनुगमन गर्नेछ भने प्रहरीलाई सीमा क्षेत्रमा तेल तस्करी नियन्त्रण गर्न निर्देशन पनि दिनेछ ।
तेलको कालोबजारी विरुद्ध खटिएको अनुगमन टोलीले ५ सय लिटरभन्दा बढी डिजेल लैजाने पम्पहरुमा पनि अनुगमन गरिरहेको छ । पम्पहरुबाटै पनि तेलको कालोबजारी भएको सूचना सरकारसँग पुगेको छ ।

3315
Shares

ट्रेन्डिङ