सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • काभ्रेमा कांग्रेसको पालिका अधिवेशन रोकिँदैन:- निर्वाचन अधिकृत लामिछाने

काभ्रेमा कांग्रेसको पालिका अधिवेशन रोकिँदैन:- निर्वाचन अधिकृत लामिछाने

8855
Shares
काभ्रेमा कांग्रेसको पालिका अधिवेशन रोकिँदैन:- निर्वाचन अधिकृत लामिछाने

नेपाली कांग्रेसले काभ्रे जिल्लाको अधिवेशनको जिम्मा दिएर पठाएको निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले भोलीको पालिका अधिवेशन नरोकिने बताउनुभएको छ । केहिबेर सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछाने यस्तो बताउनुभएको हो ।

निर्वाचन अधिकृत लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ’ नेपाली काग्रेसको आसन्न महाधिबेशनको लागि मलाई नेपाली काग्रेस केन्द्रिय निर्बाचन समितिले काभ्रे जिल्लाको लागि निर्बाचन अधिकृत तोकेको र केन्द्रिय निर्बाचन समितिको निर्देशन, नेपाली काङ्ग्रेसको बिधान, नियमावली, निर्देशिका समेतका आधारमा यहि २०७८/०६/०५ मा काभ्रे जिल्लाका १३ वटा पालिकाका १३५ वटै वडामा अधिबेशन सम्पन्न भै सम्पुर्ण वडा कार्यसमिती र क्षेत्रीय प्रतिनिधीहरु चयन भै सकेको छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले तोकेको तालिका अनुरुप नै भोलि मिति २०७८/०६/०९ गते नै पालिका स्तरको अधिबेशन गर्नको लागि केन्द्र बाट भएको निर्देशन अनुशार नै निर्बाचन सम्बन्धी काममा नै लागि रहेको हुदा म सम्पर्क बिहिन भएको भनी सामाजिक संजालमा आएका समाचारमा कुनै सत्यता नभईको म आफ्नो तोकिएको जिम्मेवारी मै लागिरहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु ।’

8855
Shares

ट्रेन्डिङ