सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • लगातार दुर्घटना भएपछि अरनिको राजमार्गको निर्माणाधिन क्षेत्रमा काभ्रे प्रशासनको अनुगमन

लगातार दुर्घटना भएपछि अरनिको राजमार्गको निर्माणाधिन क्षेत्रमा काभ्रे प्रशासनको अनुगमन

2435
Shares
लगातार दुर्घटना भएपछि अरनिको राजमार्गको निर्माणाधिन क्षेत्रमा काभ्रे प्रशासनको अनुगमन

काभ्रे, ३२ साउन : अरनिको राजमार्गको निर्माणाधिन क्षेत्रमा लगातार दुर्घटना भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सुरक्षाका लागि अवलोकन गरेका छन् ।

साउन ३० र ३१ गते लगातार अरनिको राजमार्गको निर्माणाधिन क्षेत्रमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी सहित सडक निर्माण आयोजना कार्यालयका प्रतिनिधिहरुले राजमार्ग र निर्माणाधिन क्षेत्रको सुरक्षाका बारेमा अवलोकन गरेका हुन् ।

अवलोकनपछि राजमार्ग निर्माण गर्ने क्रममा बालुवा, गिट्टी तथा निर्माणका अन्य सामाग्रीहरुका कारण दुर्घटना भएको हुनसक्ने भएकाले सडकमा निर्वाध रुपमा आवतजावत गर्ने वातावरणका साथ र सुरक्षा सहित गुणस्तरीय कार्य गर्न निर्देशन दिएको

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । त्यस्तै सडक निर्माण आयोजना कार्यालयका इन्जिनियर जंगबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गरिएको बताउनुभयो । वर्षातका कारण भएका सडकका खाल्डाखुल्डीलाई तत्काल पुर्न, ट्राफिक चिन्हहरुको कमी हुन नदिन तथा निर्माण सामाग्रीले सडकलाई अवरोध नगर्न निर्माण ब्यवसायीलाई अनुरोध गरेको इन्जिनियर मर्हजनले जानकारी दिनुभयो ।

त्यस्तै निर्माण ब्यवसायीका तर्फका इन्जिनियर प्रदिप दाहालले सडकमा ट्राफिक चिन्ह राखेर निर्माण कार्य गरिरहेको जानकारी दिदै निर्माणका कारणले दुर्घटना हुन नदिन सचेत र सजग भएर कार्य गरिएको बताउनुभयो । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लाको साँगा देखि धुलिखेलसम्मको सडक खण्डको अवलोकन गरिएको थियो ।

असार ३० गते भैसेपाटी खण्डमा धुलिखेल ८ का २१ बर्षिय अभिषेक न्यौपानेको मोटरसाईकल दुर्घटनामा निधन भएको थियो भने असार ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्युठान घर भई बनेपामा लघु वित्तमा कार्यरत २७ बर्षिय सुरज गिरीको निधन भएको थियो । दुवैजनाले चलाएको मोटरसाईकल ट्रक तथा मिनी ट्रकमा ठोक्किएको थियो ।

 

2435
Shares

ट्रेन्डिङ