सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

पूर्वराजा रित्तै फर्किए

2970
Shares
पूर्वराजा रित्तै फर्किए

चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने उद्देश्यसहित चीन गएका पूर्वराजा रित्तै हात फर्किएका छन् । स्मरणीय छ, चीनलाई सार्कमा प्रवेश दिनुपर्छ भनेर बंगलादेश शिखर सम्मेलनमा बोल्दा भारतको कोपभाजनमा परेका पूर्वराजा ज्ञानेन्द्रलाई ०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्दा चीनले बोलेन र राजतन्त्र समाप्त भयो ।

अहिले पनि चीनले बोलिदिने हो भने पूर्वराजाले केही न केही स्पेश पाउनसक्ने स्थिति छ । भारत सकारात्मक भएका बेलामा चीनले साथ नदिएर पूर्वराजालाई फेरि धोका दिएको अर्थमा हेरिएको छ । राजनीतिक विश्लेषकहरु भन्छन्– चीनले हुन्छ भन्छ भने भारतलाई आपत्ति छैन भन्ने सन्देश पाएपछि पूर्वराजा बेइजिङ पुगेका थिए ।

राष्ट्रपतिका दूतहरुलाई भेटे पनि राष्ट्रपतिलाई भेट्न नसक्नु र खाली हात फर्कनुले पूर्वराजाको मिसन फेलभयो, राजावादीहरुका लागि समेत निराशको समाचार बन्यो ।

अव राजतन्त्र सदाका लागि अस्ताएकै हो त ? यसबारेमा मंसिर १३ गते प्रम पुष्पकमल दाहालले मुख खोले – म राजनीतिको भूकम्पको केन्द्रविन्दूमा छु । के त्यो भूकम्प भनेको राजतन्त्र आउने सम्भाबना नै हो त ?

2970
Shares

ट्रेन्डिङ