सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काँग्रेसको प्रदेश अधिवेशन- कहाँ को उम्मेदवार?

काँग्रेसको प्रदेश अधिवेशन- कहाँ को उम्मेदवार?

3725
Shares
काँग्रेसको प्रदेश अधिवेशन- कहाँ को उम्मेदवार?

 

काठमाडौँ : वाग्मती प्रदेश सभापतिमा संस्थापन पक्षबाट इन्द्र बानियाँ र इतर पक्षबाट जगदीश्वरनरसिंह केसी प्रतिस्पर्धामा छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। बानियाँको पक्षमा प्रधानलाई मनाउने प्रयास भइरहेको निकटहरूले जनाएका छन्।

प्रदेश २ का कतिपय जिल्लामा प्रदेशसभा क्षेत्रको अधिवेशन नसकिएकाले उम्मेदवारी मनोनयन नै शनिबारका लागि सारिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए। ‘प्रदेश अधिवेशन नै बाँकी रहेकाले (शुक्रबार) रेस्ट छ,’उनले भने, ‘पर्सि मात्र नयाँ नेतृत्वका लागि मनोनयन हुन्छ।’

प्रदेश १ मा संस्थापन पक्षले पूर्वमहामन्त्री सिटौलानिकट नेता उद्धव थापालाई सभापतिमा सहयोग गर्ने भएको छ। संस्थापन इतरबाट पार्टी केन्द्रीय सदस्यसमेत रहेका युवा नेता गुरुराज घिमिरेलाई अघि सारिएको छ।

गण्डकी प्रदेशबाट संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशीलाई अघि सारिएको छ भने संस्थापन इतरबाट शुक्रराज शर्मा मैदानमा खडा भएका छन्। त्यस्तै, लुम्बिनीबाट संस्थापन पक्षबाट भरत शाह र इतर पक्षबाट अमरसिंह पुन उम्मेदवार भएका छन् भने कर्णालीबाट राजिवविक्रम शाह संस्थापन र इतर पक्षबाट भूपेन्द्र शाही उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशमा बिहीबार सहमतिका लागि प्रयास गरिए पनि दुवै पक्ष आआफ्नो अडानमा कायम छन्। साँझ आआफ्नो पक्षको समूह निर्माणमा संस्थापन र इतर पक्ष सक्रिय भएका छन्।

केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘उम्मेदवारी मनोनयन (शुक्रबार) भएकाले आआफ्नो गृहकार्यमै छौं।’ शुक्रबार प्रदेश कार्यसमितिका लागि मनोनयन र शनिबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि स्थानीय आवश्यकताअनुसार प्रदेश निर्वाचन समितिलाई कार्यतालिका हेरफेरको अधिकार दिइएको छ। नागरिकमा खबर छ ।

 

3725
Shares

ट्रेन्डिङ