सबैको समाचार
शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • अनमोलको “कृ” अर्को बर्ष भदौ १६ मा

अनमोलको “कृ” अर्को बर्ष भदौ १६ मा

2940
Shares
अनमोलको “कृ” अर्को बर्ष भदौ १६ मा

सुवास ईन्टरटेन्मेन्ट र दि सुपर काजोल फिल्मस् को व्यानरमा तयार हुने क्रममा रहेको चलचित्र “कृ” ले निर्माण अगावै आफ्नो प्रदर्शन मिति फेरबदल गरेको छ | केहि समय अगाडी निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्र आउदो बर्षको दशैंमा प्रदर्शन हुने भएको थियो |
तर अहिले आएर चलचित्रको दशैं भन्दा नै अगाडी प्रदर्शन हुने कुरा बाहिर आएको छ | निर्माण पक्षेको अनुसार चलचित्र अब आउदो बर्षको भदौ १६ मा देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ | भदौ महिनाको थुप्रै सार्वजनिक बिदा , चाड बाड तथा नजिकिदै दशैंको माहोललाई मध्य नजर गर्दै चलचित्रको लागि नया प्रदर्शन मिति तय गरिएको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ |
चलचित्रमा सुपरस्टार नायक अनमोल केसी र नव नायिका अदिति बुढाथोकी मुख्य भूमिकामा रहेका छन् | नायक अनमोल केसी चलचित्रको लागि २० लाख पारिश्रमिक लिएको कुराले नै धेरै अगाडी यस चलचित्रको नेपाली बजारमा चर्चा भईरहेको छ |
एक हिसाबले भनौ भने अधिकांश दर्शकहरुलाई यस चलचित्रको पर्खाई समेत रहेको छ | चलचित्र फाल्गुन महिना देखि छायांकनको लागि अगाडी बढ्ने निर्माण पक्षेले बताएको छ | चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् |

2940
Shares

ट्रेन्डिङ