सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कुमारी बैंकलाई ह्याकरहरूको सिष्टम ह्याक गर्ने ध म्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम बन्द

कुमारी बैंकलाई ह्याकरहरूको सिष्टम ह्याक गर्ने ध म्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम बन्द

4405
Shares
कुमारी बैंकलाई ह्याकरहरूको सिष्टम ह्याक गर्ने ध म्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम बन्द

 

काठमाडौं, १५ पुस : अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने ध म्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ ।

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्की पछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

कुमारी बैंकमा आएको चे ता वनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिनुभयो ।

“हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो ।

4405
Shares

ट्रेन्डिङ