सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जबसम्म गोकर्णेश्वर नगरपालिका भ्रष्टाचार रहित हुन्न तब सम्म यो आन्दोलन जारी रहनेछः सुनार

जबसम्म गोकर्णेश्वर नगरपालिका भ्रष्टाचार रहित हुन्न तब सम्म यो आन्दोलन जारी रहनेछः सुनार

4475
Shares
जबसम्म गोकर्णेश्वर नगरपालिका भ्रष्टाचार रहित हुन्न तब सम्म यो आन्दोलन जारी रहनेछः सुनार

ऐतिहासिक धार्मिक र साँस्कृतिक महत्व बोकेको गोकर्णेश्वर नगरपालिकामा व्यापक भ्रष्टाचार, कमिसन र लुटतन्त्र भएको र काम कारबाहीमा प्रभावकारीता र परदर्शिता नदेखिएको भन्दै शुरु भएको आन्दोलनले व्यापक रुप लिने भएको छ ।

आन्दोलन कार्यक्रमको कार्यसूची अन्तर्गत आन्दोलनका अगुवा युवा नेता एवं जय नेपाल सामाजिक युवा संस्थाका अध्यक्ष राजु सुनार तथा सुर्दशन बजगाईले संयुक्त रुपमा नगरपालिकाका अधिकृत इन्द्र कुमारी थपलियालाई १० बुँदे ज्ञापन पत्र बुझाउदै विशेष ध्यानकर्षण समेत गराएको छ ।

नगरपालिकाको कार्यमा ढिला सुस्ती, घरनक्सामा हुने भ्रष्टाचार, सरकारबाट आएको कार्यक्रम, नीति निर्देशनको उचित कार्यान्वयन नभएको एवं बिकशित, सुशासनयुक्त र जनताप्रति उत्तरदायी बनाउनु पर्नेमा नगरमा केही कमी कमजोरीले जनताहरु सास्ती खेप्न बाध्य भएका समस्याले नगरवासी आक्रोशित भएका छन्, नगरपालिकामा कारारका कर्मचारीले आफुखुसी कर्मचारीतन्त्रको लादेका छन ।

 जसको विरोध स्वरुप हाम्रो आन्दोलन भएको छ र यसलाई हामी निकर्षमा लैजाने छौ, जस अन्तर्गत आज हामीले गोकर्णेश्वर नगरपालिकाका अधिकृत इन्द्र कुमारी थपलियालाई ज्ञापन पत्र सहित ध्यानाकषण गराएको अध्यक्ष सुनारले बताए । अब जबसम्म गोकर्णेश्वर नगरपालिका भ्रष्टाचार रहित हुन्न तब सम्म यो आन्दोलन जारी रहनेछ अध्यक्ष सुनारले थपे ।

RAju Sunar and Indra Kumari thapaliyaगोकर्णेश्वर नगरपालिकाका अधिकृत इन्द्र कुमारी थपलियालाई बुझाइएको ज्ञापन पत्रः–
१)गोकर्णेश्वर नगरपालिकामा कर्मचारीको अभावले विभिन्न कामकारबाही सहज ढंगले नभएको कारणले गर्दा तत्काल लोक सेवाको प्रकृयाबाट नयाँ कर्मचारी नियुक्तको प्रकृया अघि बढाउन र पुराना र लामो समयदेखी तत्कालिन गाबिस र हालको नगरपालिकामा काम गरि रहेका कर्मचारीलाई उनीहरुको योग्यतार क्षमता अनुसार थाई प्रक्रियामा अघि बढाउन माग गर्दछौं ।

२) राजनैतिक भागवण्डाको आधारमा निर्माण भएको वडा नागरिक मंच तत्काल खारेज गरेर पुनः निर्माण गरि प्रभावकारी ढंगबाट संचालनमा लाग्न अनुरोध गर्दछौं ।

३) लक्षित वर्गलाई छुट्टाईएको बजेट लक्षित बर्गमै खर्च गर्न र विशेष नगरपरिषदको मार्फत संबंधित कार्यालयसंग समन्वय गरेर कार्यक्रम संचाल गर्दा नगरवसी लाई असहज हुने र नगरमा प्रत्येक बर्ष कर तिरेर दर्ता नबिकरण भएको संस्थाको अभमुल्याङ्कन भएकाले संस्थाले गरेको काम को प्रभाव्कारिता र संस्थाको बिस्वस्नियता हेरेर अभिलम्ब सम्झौता गरेर कार्यक्रम संचालन गर्ने वतावरण बनाउन जोडदार माग गर्दछौं ।

४) जोरपाटीमा भएको फोहोरमैला ब्यवस्थापन गर्न प्रभावकारी र परिणाममुखी कार्यक्रम अघि बढाउन तत्काल माग गर्दछौ।

५) सामजिक सुरक्षा भत्ताको प्रभावकारी र सहज बितरण गरेर सेवाग्राहीले भोग्नु परेको समश्या तत्काल समाधान गरि बृद्धअबश्था भएका एकल महिला अपांगता भएको ब्यक्तिको न्याय गर्न अनुरोध गर्दछौ ।

६) करडौंको रकम खर्च गरेपनी जनताले प्रत्यक्ष देख्नेखालका बिकास निर्माण कतै नदेखिएकाले जनताले देख्ने खलका बिकास निर्माणका कार्यक्रम अगाडी बढाउन माग गर्दछौं ।

७)बिकास निर्माण र लक्षित बर्गको कार्यक्रममा भएको भ्रस्टाचारको अनुगमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहतको अनुगमन समिती बनाउन माग गर्दछौं .।

८) नक्सापास र निर्माण सम्पन्नको पुर्ज्रे लिने बेल जनाताले दुख कस्ठ भोग्नु परेकोले र पैसा दिनेको मात्र मापदण्डभित्र नभएपनी लाम भएकाले सो को छानबिन गरि दोषी माथी कारवाही गर्ने र जनतालाई सहज ढंगबाट सेवा सुबिधा लिने वतावरण बनाउन माग गर्दछौं ।

९) बिनासकारी भुकम्पबाट पीडित जनताको रहत बितरणमा ढिला सुस्ती नगरी पीडितले तत्काल राहत पाउने खालको वातावरण सिर्जना गर्न माग गर्दछौं ।

१०) गोकर्णेश्वर नगरपालिकामा रहेका धार्मिक सांस्कृतिक महत्त्वका बिषयको प्रबर्द्धन, स्थानिय संघ संस्थ,महिला समूह लगाएतको क्षमता बिकास र नेतृत्व बिकासमा जोड दिई सुशासनयुक्त नगरपालिका निर्माण गरि गोकर्णेस्वर नगरपालिका लाई नेपालकै सुसासनयुक्त नगरपालिका बनाउन माग गर्दछौं ।

4475
Shares

ट्रेन्डिङ