सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकालाई गिज्याई रहने यो ‘खाल्डो’

धुलिखेल नगरपालिकालाई गिज्याई रहने यो ‘खाल्डो’

6045
Shares
धुलिखेल नगरपालिकालाई गिज्याई रहने यो ‘खाल्डो’

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्ना उपस्थित अब्बल बनाएको धुलिखेल नगरपालिकाको भित्री सडकको अवस्था कन्तबिजोक छ ।

नगरपालिका भैकन पनि सबैभन्दा पछि परेको वडाभित्र पर्छ वडा नम्बर ३ । यो वडाको कुत्ताल, नयाँबस्ती, चंखुबेसी जस्ता ठाउँका नागरिक पनि धुलिखेल नगरपालिका स्थानीय बासिन्दाभित्रै पर्छन् ।

तर विकास निर्माण हिसाबले उनीहरु धुलिखेल नगरबासी हो की होइन भन्नेमा दुविधा महशुस गर्छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि पक्कै केहि हुन्छ होला भन्ने सोचेका थिए यहाँका नागरिकले । तर उनीहरुको दैनिक भोगाईमा परिवर्तन आउने गरी गतिलो विकास निर्माण भएको छैन् ।

सांसद लक्ष्मण लम्सालको पहलकदमीमा दुइ्र्र पटक बजेट परेर बल्ल तल्ल सडक विस्तार भयो । अहिले बेसीका खेतमा फलेका अन्नबाली घरसम्म ल्याउन किसानलाई निकै सजिलो भएको छ । तर नगरपालिकाको तर्फ यहाँका नागरिकलाई खासै वास्त गरिएको छैन् ।

चखुबेसी, नयाँबस्ती हुँदै पाँचखाल निस्कने सडकको धुलिखेल खण्ड पिच गर्न सांसद लम्सालकै पहलमा बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकममा धुलिखेल नगरपालिकाले पनि १ करोड ५० लाख नै हालेर पिचको काम अघि बढाउनु पर्ने हो ।

नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले अरनिको राजमार्ग हुँदै नयाँबस्ती पुग्ने सडकका लागि ३ करोड रुपैयाँ पिचका लागि टेण्डर भैसकेको बताउनुभयो ।

त्यस्तै अरनिको राजमार्गबाट वडा नम्बर २ रविओपी पुग्ने सडकको लागि ५ करोड रुपैयाँ विनियोजन गरे पिचको प्रक्रिया अघि बढेको मेयर ब्याञ्जुले बताउनुभयो । तर यी सडकमा ठेकेदारले काम अझै सुरु गरेको देखिँदैन् ।

पिच होला र ? भन्ने प्रश्न यहाँका नागरिकको मनमा गढेको छ । त्यो भन्दा पहिले यो सडकको खाल्डो देख्न नपाए हुन्थ्यो भन्ने यहाँका धेरै नागरिकको भनाई छ । यो खाल्डो यहाँका स्थानीयलाई दिनुसम्मको हैरानी दिइरहेको छ ।

नगरपालिकाले केहि महिना अघि प्रशोधन केन्द्रमा ढल पुर्याउन खनेको खाल्डोलाई ब्यवस्थापन नगर्दा चंखु बेसी, नयाँबस्तीका नागरिक जोखिमयुक्त यात्रा गर्न बाध्य छन् ।

उनीहरुले ढलको पाइपका लागि खनिएको खाल्डोमा जुनसुकै बेला दुर्घटना हुन सक्ने भन्दै सामाजिक सञ्जाल मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । पिच हुँदै गर्छ । तर खाल्डो मात्रै ब्यवस्थापन गरिदिँए निकै सजिलो हुने स्थानीयको भनाई छ ।

 

 

6045
Shares

ट्रेन्डिङ