सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा नेपाल बन्दको असर देखिएन

काभ्रेमा नेपाल बन्दको असर देखिएन

4535
Shares
काभ्रेमा नेपाल बन्दको असर देखिएन

 

काभ्रेमा ६ दलीय गठबन्धनले आब्हान गरेको नेपालको बन्दको असर निकै कम देखिएको छ ।

 

एमसीसीको विरोधमा ६ वटा विभिन्न कम्युनिष्ट घटन राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए । अरनिको र बीपी राजमार्गमा सवारी साधन निर्वाध रुपमा चलेका छन् ।

 

सदरमुकाम धुलिखेलमा बन्दकर्ताहरु एक जना पनि सडकमा देखिँदैनन् । त्यस्तै सुरक्षा कर्मीको उपस्थिति पनि खासै छैन् । बनेपामा पनि बन्दकर्ता देखा परेका छैनन् ।

 

बन्दको पूर्व सन्ध्यामा ६ दलीय गठबन्धनले हिजो साँझ बनेपामा मसाल जुलुस निकालेको थियो । जुलुसलाई प्र ह रीले तिरविर पार्ने कोशिस गरेको थियो ।

 

एमसीसी आज सदनमा टेबल गर्ने भएपछि त्यसको विरोधमा नेपाल बन्दको घोषणा गरिएको ती दलले बताएका छन् । ने

पाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको आब्हान गरेको हो ।

 

 

4535
Shares

ट्रेन्डिङ