सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हङकङलाई नेपालले दियाे २ सय १४ रनकाे लक्ष्य

हङकङलाई नेपालले दियाे २ सय १४ रनकाे लक्ष्य

565
Shares
हङकङलाई नेपालले दियाे २ सय १४ रनकाे लक्ष्य

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायाे । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । उनले ४१ बल खेल्दै ९ छक्का र ३ चाैका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । उनले ३४ बलमा २ छक्का र ६ चाैका प्रहार गरे ।

नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाएकाे अवस्थामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाले । ५ औँ विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ४५ रनकाे साझेदारी गरे । बलिङतर्फ हङकङका हरुन अरशद र माेहम्मद घजनफरले २/२ विकेट लिए ।

याे खेलमा विजयी भएमा नेपाल १ खेलअघि नै फाइनलमा पुग्नेछ । यसअघि बिहीवार भएकाे हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएकाे यूएईसँगकाे खेलमा ७ विकेटले विजयी भएकाे थियाे । याे शृङ्खलाकाे फाइनल खेल आउँदाे शुक्रवार हुनेछ ।

565
Shares

ट्रेन्डिङ